तरकारीमा यूवा किसानको लर्को
admin     5 months ago     143
तरकारीमा यूवा किसानको लर्को


रोशन तिवारी

पर्वत–जिल्लामा पछिल्लो समय व्यवसायिक कृिषमा यूवाहरुको आकर्षण बढ्दै गएको छ । बिदेश गएर फर्केका र सीप भएर पनि लगानी गर्न नसकेका यूवाहरु पनी पछिल्लो एक बर्षमा कृषिमा भविष्य देखेर यसतर्फ लागेका छन् । जिल्लामा व्यवसायमा लाग्ने यूवा किसानहरुको संख्या १ सय २० भन्दा बढि छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले पछिल्लो वर्ष कृषि बिमा, निःशर्त अनुदान, यूवा स्वरोजगार कार्यक्रमले यूवाहरुलाई आकर्षित गरेको जनायो । जिल्ला कृषि विकास कार्यालयका अनुसार गएका दुई वर्षयता जिल्लामा तरकारी उत्पादन क्रमशः बढेको छ । 


दुई वर्षअघि गरिएको सर्वेक्षणमा छ हजार मेट्रिक टनको हाराहारीमा तरकारी उत्पादन हु“दै आएकोमा गत आर्थिक वर्षको अन्त्यमा गरिएको सर्वेक्षणमा आठ हजार ७७ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ । जिल्लाको एक लाख ४५ हजार पा“च सय ९० जनसंख्यालाई वार्षिक १५ हजार मेट्रिक टन तरकारी आवश्यक पर्ने कार्यालयका बागबानी विकास अधिकृत अजय अधिकारीले बताए । ‘जिल्लाको उत्पादन र खपतका हिसावले हेर्दा अझै करिव सात हजार मेट्रिक टन अपुग हुन्छ,’ अधिकारीले भने,‘यहि अनुपातमा किसानहरुको सक्रियता बढ्दै गए पा“च वर्ष सम्ममा तरकारी आयात प्रतिस्थापन रोक्न सकिन्छ ।’ पछिल्लो वर्ष तथ्याङ्कमा देखिएका यूवा किसानहरुमध्ये अधिकांस बिदेशबाट फर्किएकाहरु भएको कार्यालयले जनायो । ‘बिदेश गएर हण्डर खाएका धेरै यूवाले यहा“ आएर तरकारीमा लागेका छन्,’ बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीले भने,‘त्यहा“को दुःख सम्झिएर यहा“ राम्रो गर्नेहरु धेरै छन् ।’ यूवा किसानहरुको सक्रियतामा कृषि कार्यालयले सकेसम्म हातेमालो गर्दै आईरहेको रेग्मीले बताए । किसानहरुलाई व्यवसायिक तालिम, सिञ्चाई, कृषि बिमा, निःशर्त अनुदान लगायतका कारणले कृषिमा यूवाहरुको आकर्षण बढेको कार्यालयले जनाएको छ ।


‘कुबेतमा १२ घण्टा ड्यूटी गरेर मासिक ५० हजार आम्दानी हुन्थ्यो,’ मिलनचोकका गोबिन्द रेग्मीले भने, ‘अहिले मैले टमाटरबाट मात्रै मासिक ५० हजार आम्दानी गरेको छु ।’ आफूले गाउ“मै तरकारी फलाएर यो सफलता मिल्छ भन्ने कहिल्यै नसोचेको उनले बताए । तीन वर्ष बिदेश बसेको समय व्यर्र्थैमा खेर गएकोमा उनि पश्चाताप गर्छन् ।

 

यूवाहरुलाई व्यवसायिक कृषिमा लाग्न परिवार, कृषि कार्यालय, स्थानीय माटो, हावापानी लगायतले साथ दिएको छ । ‘म बहराइन नजा“दै पनि घरमा तरकारी खेती गरिन्थ्यो,’ धाईरिङकै दिपक जैसीले भने, ‘त्यहा“ गएपछि श्रीमतीले नियमित यो व्यवसाय गर्दै मलाई फर्किन भनिन्, त्यहा“ भन्दा यतै राम्रो ठानेर फर्किएं ।’ गाउ“ फर्किएको एक वर्षमा त्यहा“को भन्दा ५० प्रतिशत बढी आम्दानी गर्न सफल भएको जैसीले बताए ।


धाईरिङ ५ मिलनचोकका गोबिन्द रेग्मी साढे तीन वर्ष कुबेत बसेर गाउ“ फर्किएको दुई वर्ष भयो । एक वर्षसम्म बिदेशै जाने योजना बनाएका रेग्मीको मनस्थिती एकाएक परिवर्तन भयो । अहिले उनले गाउ“मै ११ रोपनी जग्गामा १५ ओटा टनेलमा गोलभेंडा फलाएका छन् । सोहि ठाउ“का दिपक जैसी दुई वर्ष बहराईन बसेपछि गाउ“ फर्किए । अहिले आफ्नो ८ रोपनी जमिनमा तरकारी खेती शुरु गरेका छन् । गतवर्षदेखि तरकारी खेती गरेका दुबै जनाले अहिले मासिक ५० हजारको हाराहारीमा आम्दानी गर्दै आईरहेका छन् ।

 

नाङ्लिवाङको फर्सेमा चार यूवा मिलेर सामुहिक कृषि फर्म शुरु गरेको डेढ वर्ष भयो । केहि वर्ष भारत गएर फर्किएका नारायण क“डेल र तुलसीराम क“डेल सहितका चार यूवाले शुरु गरेको कृषि फर्ममा अहिले मासिक एक लाख बराबरको बिभिन्न हरियो तरकारी उत्पादन हु“दै आईरहेको छ । बाग्लुङ स्थाई घर भएका चारैजना यूवाले १५ रोपनी जग्गा भाडामा लिएर गोलभेंडा, गाजर, मुला, रायो, लगायत मौषमी तथा बेमौषमी तरकारी खेती गर्दै आईरहेका छन् ।

 


सम्बन्धित समाचार (जिल्ला )