कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण
    2 months ago     104
कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण





चैत्र १० पर्वत । जिल्लाका स्थानीय तहलाई कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण गर्न थालिएको छ । संघियताको कार्यान्वयन संगै कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण गर्न थालिएको हो । कृषिको बजेट तथा कार्यक्रम स्थानीय तहलाई आएपनि कार्यालयहरु भने कृषि कार्यालय मातहतमै थिए  । कृषि कार्यालय अहिले सेवाकेन्द्रहरु धमाधम हस्तान्तरण गर्न थालेको हो । 


मोदी गाँउपालिकामा रहेका बिभिन्न कृषि सेवा केन्द्र गाँउपालिका लाई हस्तान्तरण गसिरसकिएको छ ।  फलेवास नगरपालिकाको देविस्थान र थापाठानामा रहेको कृषि सेवा केन्द्रको कार्यालय पनि फलेवास नगरपालिका लाई एक कार्यक्रमका बिच शुक्रबार हस्तान्तरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मालाई कृषि सेवा केन्द्रको अभिलेख बिवरण तथा बिभिन्न सामाग्री सहित जग्गाको लालपुर्जा र भवनको साँचो हस्तान्तरण गरे ।


सेवाकेन्द्रको अभिलेख ग्रहणपछि बोल्दै नगर प्रमुख शर्माले कृषि मार्फत आर्थीक उन्नती र प्रगती गर्दै नगरवासी लाई रोजगारी सिर्जना गर्दै आयआर्जनको ग्यारेण्टी गर्ने गरी आफुहरुले काम गर्ने बताए । ‘कृषिमा आधुनिककरण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने,‘माटोको अवस्था हेरेर खेतीपाती विकास गर्ने योजनाहरु क्रमश हामी शुरु गर्ने सोचमा छौँ ।’ उनले अव वाझो जमिन राख्नेलाई कडाई गरिने शर्माले बताए ।  


संघीयता कार्यान्वयन भए सँगै जिल्ला कृषि विकास कार्यालयको मातहतमा सञ्चालन हुदै आएका कृषि सेवा केन्द्रहरु खारेजी गरी यसको संरक्षण, प्रर्वद्धन लगायतको सबै अधिकार स्थानीय तहमा रहेकाले हस्तान्तरण गर्न थालिएको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिए । कृषक लाई सहज र सरल तवरले कृषि सेवा प्रदान गर्न कृषि विकास कार्यालयले पर्वतमा ९  वटा कृषि सेवा केन्द्र स्थापना गरेको थियो । यी सबै कार्यालयहरु अव स्थानिय तहले सञ्चालन गर्ने छन् । बिहादी,पैँयू,जलजला र महाशिला गाँउपालिकामा रहेका कृषि सेवा केन्द्रहरु पनि हस्तान्तरण गर्ने तयारी भईरहेको छ ।