Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2308




तरकारी वेचेर आत्मानिर्भर
तरकारी वेचेर आत्मानिर्भर


रोशन तिवारी

पुष २२ पर्वत -

कुश्मानगरपालिका ७ कामीडाँडाकी सीता पुरी तरकारी वेचेर आत्मानिर्भर भएकी छिन् । मौसमी र वेमौसमी तरकारी वेचेर पुरीले घरखर्च सहज रुपमा धान्दै आएकी छिन् । उनले हरेक ५ दिनको फरकमा तरकारी वोकेर सदरमुकाम कुश्मा झर्ने गर्छिन । यो मौसममा उनले साग, गोलभेँडा, काउली उत्पादन गरेकी छिन् । 

अहिले उनले दुई रोपनी जग्गामा साग रोपेकी छिन् । आईतवार साग वेच्न सदरमुकाममा झरेकी उनले यो मौसममा सागको उत्पादन राम्रो भएकाले वेच्न भ्याई नभ्याई भएको वताईन । एक खेपमा ७० मुठा वोकेर आउने उनले एकमुठाको ४० रुपैयाँ बेच्ने गर्छिन । डोकोमा वोकेर वजार झर्दै गर्दा वाटोमै साग खोसाखोस हुने गरेको उनले सुनाईन । अर्गानिक रुपमा तरकारी उत्पादन गर्ने भएकाले उपभोक्ताहरुले उनले उत्पादन गर्ने तरकारी रुचाउने गरेका हुन् । 

एक डोको सकेर घर फर्किँदा उनले २ हजार ८ सय हात पारेकी हुन्छिन् । ‘दुई रोपनी जग्गामा साग रोपेकी छु, उनले भनिन्,’ हरेक ५÷५ दिनमा टिपेर वेच्न ल्याउँछु ।’ उनले सिजन अनुसारका अन्य तरकारी पनि रोप्ने गरेकी छिन् । मौसम अनुसार पुरीले गोलभेँडा, काउली, वोडी, सिमी, काँक्रो, घिरौँला जस्ता तरकारी फलाएर विक्री गरि आम्दानी गर्ने गरेकी छिन् । 

‘चिनी चियापत्ती किन्ने पैसा यसैले पु¥याएकी छु, उनले भनिन्,’ यसवाहेक छोराछोरीलाई पढाउन पनि पुगेको छ ।‘ केहि रकम वचत समेत गर्ने गरेको उनले वताईन । ‘तरकारी वेचेर छोरा वढाए, पढाएँ र तरकारी वेचेरै कुखुरा फर्म पनि खोलेका छौँ, उनले थपिन, यहि तरकारीको कमाईले कुखुरा फर्म पनि खोलेका छौँ ।’ आफुलाई केहि चिज चाहिएमा श्रीमान संग हात थाप्नुको सट्टा उनी नै श्रीमानलाई खर्च दिने गरेकी छिन् । 

फुर्सदको समयमा गरेको तरकारीखेतीले उनलाई व्यवसायी वनाएको हो । तरकारी वेचेर उनले आफ्ना श्रीमान मुक्तिराज पुरीलाई पनि व्यवसायिक वनाएकी छिन् । विदेश गएर फर्किएका श्रीमान मुक्तिराज पुरीले अहिले कुखुरा फर्म खोलेर कुखुरापालन गरेर वसेका छन् । 

तरकारीको वीउ समेत उनले उत्पादन गर्ने गरेको वताईन । पुरीले चालिस दिने मुला, रायो साग, गोलभेँडा लगायतका तरकारीका वीउ उनले उत्पादन गर्ने गरेको वताईन । उत्पादीत वीउ एग्रोभेट पसलहरुले खरिद गर्ने गरेका छन् । जाँगर हुने हो भने तरकारी खेती वाटै आत्मानिर्भर हुन सकिन्छ भन्ने उनले गतिलो उदाहरण प्रस्तुत गरेकी छिन् । विगत पाँच वर्ष देखि पुरीले तरकारी खेती गर्दै आएकी हुन् । 


सम्बन्धित समाचार (जिल्ला )