Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

958




''बाढीपीडितलाई मल्हमदेखि विद्यार्थीलाई छात्रवृत्ति, कृषि देखि पर्यटनसम्मको सहकार्य गर्दै पर्वत समाज जापान''
''बाढीपीडितलाई मल्हमदेखि विद्यार्थीलाई छात्रवृत्ति, कृषि देखि पर्यटनसम्मको सहकार्य गर्दै पर्वत समाज जापान''

पर्वतनेपाल

पर्वत समाज जापानको वर्ष २०१९२१ कार्यकालले गरेका १५ बुँदे उपलब्धि

पर्वतको सामाजिक विकासका क्षेत्रमा दशकौँदेखि सक्रिय पर्वत समाज जापानको वर्ष १९२१ को कार्यकाल सकिएको छ । कोरोना महामारीबाट प्रभावित यो कार्यकालले जिल्लाको कोभिड न्यूनीकरण देखि सामाजिक र जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालमा विभिन्न कार्य गरेको छ । यो कार्यकालका अध्यक्ष सुजन जोशी थिए । उनको कार्यकाल आइतबारदेखि सकिएको छ ।

निवर्तमान अध्यक्ष जोशीले आफ्नो कार्यकालमा गरेका विभिन्न् उपलब्धिहरु सार्वजनिक गरेका छन ।

त्यसमा संस्थागत विकास देखि पर्वत जिल्लाको पर्यटनमार्फत अर्थतन्त्रलाई सहयोग पुर्याएको, कृषि क्षेत्रमा स्थानीय तहसँगको सहकार्य, जापानमा रहेका नेपालीहरुलाई सहयोग, मृतकहरुको दाहसंस्कारका लागि आर्थिक सहयोग लगायतका उपलब्धि रहेका छन । अध्यक्ष जोशीले कोरोनाका कारण निर्धारित विभिन्न कार्यक्रमहरु गर्न नसकिएको जनाउँदै पर्वतका बाढीपीडित देखि शिक्षा क्षेत्रमा बेटी पढाऔँ अभियानसँग सहकार्य सहित छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको जानकारी दिएका छन ।

हेरौँ, जोशीको कार्यकालमा पर्वत समाज जापानले गरेका विभिन्न कार्यक्रमहरु :

पर्वत समाज जापनको अधिबेशन धेरै साथिहरुको चाहना अनुरुप भौतिक नै गर्ने निर्णय गरि यस अघि २ पटक सम्म तोकिएर पनि कोरोनाको कारण बश स्थगित गर्नु परेको यहाहरुमा अवगत नै छ । अझै कति समय सम्म यो कहर बाकि रहने हो अनुमान लगाउन नसकिने अबस्था रहेकोले यसपटक हामी भर्चुअल माध्यम बाट अधिबेशन गर्न गईरहेका छौ ।

बैदेशीक रोजगार, अध्ययन, व्यबसायको शिलशिलामा जापानमा रहनु भएका पर्वतेलीहरुको भाईचाराको विकास , आपसी सम्बन्ध र पर्वत जिल्लाको समृद्धीका निमित्त केहि गर्न सकिन्छ कि भन्ने उध्धेश्यका साथ सन् २००९ मा टोकीयोमा पर्वत समाज जापानको स्थापना गरिएको थियो । राजनैतिक , जातिय, लैगिंक भेदभाव देखि टाढा राखी आजको दिन सम्म आएका छौ ।

जापानमा रहेका पुराना केहि सक्रिय संस्थाहरु मध्य एक पर्वत समाज जापानको संस्थापक सचिव बाट उपाध्यक्ष हुदै २०१७-१२-३१ को अधिबेशन बाट बर्ष २०१८-२० का लागी अध्यक्ष पदमा सर्वसहमतीका साथ चुनिए पछि अहिलेको अबधी सम्म यस कार्यसमिती द्धारा गरिएका केहि कार्यहरु संक्षिप्त रुपमा राख्न चाहन्छु ।

पर्वत समाज जापानको स्थापनाकाल देखी नै मेरो स्पष्ट धारणा के रहेको छ भने समाजको मुख्य उधेश्य जापानमा रहेका पर्वतेली लगायत सम्पूर्ण नेपालीहरुको सुख दु:खमा साथ दिदै परदेशी भुमीमा आफ्नोपनको आभाष दिलाई एक्लोपनले निम्त्याउन सक्ने सम्भावित दुर्घटनाको कमी गर्नु हो । यसै अनुरुप धेरै हद सम्म हामी सफल पनि भएका छौ । समाजले बार्षिक रुपमा गर्ने बार्वेक्यू , हानामी , तिजमा दर खुवाउने जस्ता कार्यक्रमले आफ्ना गाउले साथीभाईहरु संग भेटि गाउघरका कुरामा छलफल गर्दा धेरै जना रिफ्रेस हुने गरेको हामीले पाएका छौ ।

यस बाहेक भैपरि आउदा जापान मै रहेका पर्वतेली या नेपालमा प्रकृती प्रकोप लगायतका बिपत्तीको बेलामा सहयोग गर्दै आईरहेका छौ । पर्वत मात्र नभएर देशका बिभिन्न भागमा आईपर्ने बिपत्तीमा सानै भएपनि सहयोग गर्ने क्रम जारि नै छ ।

1.समाजको वेवसाईट र बार्षिक नेपाली क्यालेण्डर बनाईयो

2.जापानमा कोहि नेपाली स्वर्गाहरण भई अन्तिम दाहसंस्कारका निमित्त आर्थिक सहयोग उठाएको अबश्थामा पर्वत समाज जापानको तर्फबाट १मान सहयोग गर्ने र त्यो रकम समाजको कार्यसमितीबाट जनहि ५००/५०० येन जम्मा गर्ने निर्णय गरिएको थियो । त्यहि अनुरुप यसकार्यकालमा १६जना लाई सहयोग गरियो ।

3. समाजले गर्दै आएको बार्षिक कार्यक्रमहरु हानामी , BBQ, तिजमा दर खुवाउने कार्यक्रम २०१८,२०१९ मा गरियो भने २०२० मा कोरोनाको कारण बश गर्न सकिएन ।

4. पर्वत जिल्ला लगायत देशका बिभिन्न ठाउमा आएको बाढी पहिरोबाट पिडितहरुलाई आर्थिक सहयोग गरियो भने जलजलाका पिडितहरुलाई अन्तराष्ट्रिय पर्वत समाज संगको सहकार्यका घर निर्माण गर्न २लाख नेपाली रुपैया सहयोग गरियो ।

5. पर्वत जिल्लाका बिपन्न वर्गका छोरीहरुलाई शिक्षा दिने उध्येश्यका साथ प्रेम बिश्वकर्मा ज्यूले चलाउनु भएको अभियान "छोरी पढाऔ" संग सहकार्य गर्दै आएका छौ ।

6. यस कार्यकालमा बिभिन्न कार्यक्रमका लागी जापान आउनुभएका पर्वत जिल्लाका जनप्रतिनिधिहरु प्रदेश सांसद बिकास लम्साल, कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा, महाशिला गाउपालिकाका अध्यक्ष राजु प्रसाद पौडेल, पूर्व सभासद कल्पना चापागाई, NRNA का त्तकालिन उपाध्यक्ष कुल आचार्य ,पर्वत मंच हङकङका अध्यक्ष दुर्गा गुरुङ्ग लगायत अन्य पर्वतका जिल्लाका अगुवाहरुलाई स्वागत तथा अन्तर्क्रिया कार्यक्रम गरियो ।

7. पर्वत जिल्लामा आर्गानिक खेती गर्नका निमित्त महाशिला गाउपालिकाका अध्यक्ष राजु पौडेल संग सहकार्य गरि राखेका छौ ।

8. NRN japan संगको सहकार्यमा नेपाल फेस्टिबल २०१८ को सह आयोजक

9. नेपाल जापान पर्यटन अध्ययन केन्द्रको सहकार्यमा पर्यटन भ्रमण बर्षमा हाम्रो भुमिका बिषयमा अन्तक्रियाको सह आयोजक

10. जापानको चुकुवा युनिभर्सिटिका प्राध्यापक डा. कमल लामिछानेको बायोग्राफी पुस्तक अन्तरदृष्टीको बिमोचन कार्यक्रम सह आयोजक

11.पर्वत जिल्लाको पर्यटन पर्वद्धन गर्न पर्वतनेपाल डट कम ,डिस्कभर पर्वत जस्ता अनलाईन पोर्टल संग सहकार्य र अन्य माध्यम द्धारा सक्दो पर्वद्धन गरियो ।

12. NRNA जापानबाट पाईएको ५जना बिध्यार्थीलाई छात्रवृतीमा २ जना पर्वत समाज जापान बाट थप गरी पर्वतका प्रत्येक पालिकाका १/जना लाई छातृवृती दिईएकोमा NRNA जापान मार्फत उपलव्ध ७ महिना बराबरको रकम बितरण गरि सकिएको छ। 1

13. पर्वतका बिपन्न वर्गका बिरामीहरुलाई सहयोग गर्न समाजका सदस्यहरुले चलाएको अभियानलाई व्यक्तिगतरुपमा सहयोग गरियो ।

14. बिश्वव्यापी फैलिएको कोरोना महामारीका कारण जापानमा समस्यामा परेका पर्वतेली लगायत अन्य नेपालीलाई आफुले सक्ने ठाउबाट आर्थिक, नैतिक लगायत भाषाका कारण अपठ्यारोमा परेकाहरुलाई सहयोग गरियो ।

15. बिश्वव्यापी फैलिएको कोरोना महामारीमा पहिलो पटक राष्ट्रियसभाका अध्यक्ष गणेश तिमील्सिना ज्यूको संयोजनमा पर्वतमा स्वास्थ्य सामाग्री वितरण गर्न १लाख पचास हजार आर्थिक सहयोग गरियो भने हालै मात्र पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने सिस्टम जडान गर्न करिव २लाख ९५हजार सहयोग गरियो ।

अन्त्यमा पर्वत समाज जापान बिशुद्ध सामाजिक संस्था रहेको, यो संस्था अस्वस्थ राजनैतिक प्रतिस्प्रधा देखि टाढा रहि समग्र पर्वत जिल्लाको समृद्धि , पर्वतेलीहरु राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सफल , सक्षम र सवल बनि पर्वत जिल्ला, नेपाल र नेपालीका निमित्त जिम्मेवार बन्नु र बनाउने कार्यमा कटिबद्ध रहेको पनि पर्तिबद्धता व्यक्त गर्न चाहन्छौ ।


धन्यबाद

सुजनजोशी

अध्यक्ष

पर्वत समाज जापान, परिवार


na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)