Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

1163




नेपालको कोभिड महामारीको बेला बेलायतमा सहयोग जुटाउदै पर्बतेली
नेपालको कोभिड महामारीको बेला बेलायतमा सहयोग जुटाउदै पर्बतेली

कोभिड महामारीको चपेटामा परेको नेपालको लागि सहयोग गर्न बेलायतमा रहेका पर्बतेलिहरु अग्रसर भएका छन्।  

पर्बत रानीपानी स्थाई घर भएका बेलायतको नर्थ योर्कशायरस्थित कोलबर्न टाउन काउन्सिलका निबर्तमान मेयर एवम् काउन्सिलर डा जगन्नाथ शर्माले बेलायतका अर्थमन्त्री ऋषि सुनाकलाइ भेटी बेलायती सरकारकोतर्फ़ बाट नेपाललाई सहयोग गर्नको लागि पहल गरि दिन आग्रह गरेका छन्। साथै सो क्षेत्रको प्रतिनिधित्व गर्ने अन्य सांसद, मेयर तथा काउन्सिलरहरुलाई समेत पत्र लेखि बेलायती सरकारबाट तत्काल आपतकालिन सहायता प्रबन्ध गरिदिन अपिल गरेका छन्।  

यसै गरि पर्बत धाइरिङ्ग घर भएका गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले पनि बेलायती सांसद वीरेन्द्र शर्मालाई एक ज्ञापनपत्र बुझाउंदै सहयोगको पहल गरिदिन याचना गरेका छन्।  शनिबार बिहान एकपत्र हस्तान्तरण गर्दै व्यवसायी तथा समाजसेवी आचार्यले नेपाल अहिले ज्यादै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको, अस्पताल शैयया, अक्सिजन, भेन्टिलेटर, परीक्षण किट जस्ता सामग्रीको चरम अभाव भएको एवं लाखौं जनताले खोपको पहिलो मात्रा समेत लगाउन नपाएको स्मरण गराए। 

पर्बत वेलफेर सोसहिटीका निबर्तमान अध्यक्ष दधि आचार्यले पर्बत जिल्ला जलजला गाउँपालिकामा  कोभिडका कारण संकटमा परेकाहरुको लागि अक्सिजन मेसिन खरिदको खरिदको लागि आर्थिक सहयोग गर्नु भएको छ।  

कोभिड महामारीको जोखिमबाट नागरिकको जीवनरक्षाको लागि बेलायतमा रहेका पर्बतेलीहरुले एनआरएनए युके मार्फत सहयोग गरिरहेका छन्।  यसैगरि नेपाली दूतावास लण्डनको संयोजनमा बेलायतस्थित नेपाली समुदायहरुले झन्डै सवा करोड रुपियाँ सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मशिन किनेर नेपाल पठाउने घोषणा गरेका छन्।  

पर्बत वेलफेर सोसहिटीका अध्यक्ष नेत्र आलेले कोरोना महामारीको मुख्य चपेटामा परेको बेला सबै पक्षलाइ आआफ्नो स्थानबाट पहल गर्न आग्रह गर्नु भएको छ।  

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)