फलेवास नगरपालिका

फलेवास नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो ।नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भंगरा, कुर्घाको वडा नम्बर १ देखि ६ र ९, तथा पाङराङ गाउँ विकास समितिहरूलाई समेटेर फलेवास नगरपालिका बनाइएको हो । फलेवास नगरपालिकाको कूल जनसंख्या २४,६८७ रहेको छ । यसको क्षेत्रफल ८५.७० वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको खानीगाउँ गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा कुश्मा नगरपालिका तथा दक्षिणमा महाशिला, विहादी गाउँपालिका र स्याङ्जा जिल्लासम्म फैलिएको छ 

मेयर पदमपाणी शर्मा 

 उपमेयर मञ्जु अधिकारी 

कार्यकारी चिन्तामणी शर्मा