Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 months ago

2850




पर्वतको शंकरपोखरीकी लक्ष्मीको उपचारमा सहयोगको खाँचो
पर्वतको शंकरपोखरीकी लक्ष्मीको उपचारमा सहयोगको खाँचो


मंसिर ११ पर्वत । पर्वत जिल्ला फलेवास नगरपालिका ३ शंकरपोखरी निवासी लक्ष्मी जैसी तिवारी रुखबाट लडेर घाईते भएपछि उपचारमा आर्थिक अभाव भएको छ । न्यून आर्थिक अवस्थाको परिवार भएका कारण उहाँलाई गाउँलेले केहि आर्थिक सहयोग गरेर अस्पतालमा उपचार गराईरहेका छन् । मंसिर ६ गते रुखबाट लडेर मेरुदण्ड भाँचिएकी लक्ष्मीलाई अहिले पोखरा स्थित हरियोखर्क अस्पतालमा अप्रेशन गरिएको उनका श्रीमान कमल जैसी तिवारीले जानकारी दिए । अप्रेशन गर्दा राख्नुपर्ने एक लाख रुपैयाँ धरौटी रकम जुटाउन नसकेपछि समेत गाउँलेल चन्दा स्वरुप ५० हजार रुपैयाँ दिएको र त्यहि सहयोगबाट अप्रेशन गरिएको उनले जानकारी दिए । 

उनले अस्पतालले मागेको अप्रेशनको आधा रकम तिरे पनि थप ५० हजार दिन नसकेको सुनाए । ‘अस्पतालले पैसा पुरा जम्मा गर्नुहोला भनेर भन्छ,’ जैसीले भने,‘ आँफु संग नभएपछि दाताहरु संग सहयोगको अपिल गरेको छु ।’ आँखामा टिल्पिलिएका आँशु पुछ्दै जैसीले भने,‘ सहयोगदाताहरुलाई मेरो दुख बुझ्न अनुरोध गर्दछु ।’

अस्पतालमा अप्रेशन, औषधी खरिद, ह्विलचियर खरिद, वाडको खर्च सबै गर्दा ५ लाख भन्दा बढि खर्च लाग्ने जानकारी पाएको तिवारीले सुनाए । उमेरले ४५ पुगेकी लक्ष्मीको मेरुदण्डको हाड भाँचिएको छ । कम्मर भन्दा तल्लो भाग चल्दैन । रुखबाट खसेर घाईते भएकी श्रीमतीलाई लिएर पोखराको गण्डकी मेडिकल कलेजमा एक दिन भर्ना गरेपछि त्यहाँ खर्च महंगो भएकाले कमलले श्रीमतीलाई हरियोखर्क अस्पतालमा पु¥याएको पर्वत नेपाल लाई जानकारी दिए । 


सामान्य खेतीपाती गरेर जिविका चलाउँदै आएका कमलको परिवारलाई यो बज्रपात असह्य बनेको छिमेकी रुद्रप्रसाद तिवारीले बताए । उनले भने,’ घरमा ९८ वर्षका बुढा बाउ छन्,’ दुईजना छोराछोरी स्कुल पढ्दै छन् । श्रीमान श्रीमती दुबैले खेतीपाती र मेलापात गरेर परिवार पाल्दै आएका थिए ।’ उनीहरुको आम्दानीको दरिलो स्रोत नभएकाले अस्पतालमा उपचार खर्च नभएर समस्या भएको तिवारीले बताए । घरमा कमाई गर्ने कोहि नहुँदा अस्पतालमा उपचाररत लक्ष्मीको थप उपचारमा आर्थिक अभाव भएको तिवारीले बताए । ‘ऋण मागेर कसैले पत्याउने अवस्था छैन,’ उनले भने,‘ सहयोगी मन भएका दाजुभाई दिदिबैनीहरुले उनको जीवनरक्षाका लागि सहयोग गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

लक्ष्मीको जीवन रक्षाका लागि देशबिदेशमा रहेका नेपालीहरुले सहयोग जुटाउन शुरु गरेका छन् । उनको उपचार र पुनस्र्थापनाका लागि पर्वतका मनकारीहरुले सहयोग गर्न शुरु गरेका जैसी परिवारले जनाएको छ । लक्ष्मी जैसीलाई सहयोग गर्न चाहनेहरुले उनको गरिमा विकास बैँक फलेवास शाखाको खाता नम्बर ०१३०१३००८३६९०९०००००१ मा रकम जम्मा गर्न अनुरोध गरिएको छ । थप जानकारी आवस्यक परेमा पीडितका परिवार सदस्य तथा पत्रकार रोशन तिवारी लाई मोबाइल न : ९८६७६४५९६३ मा सम्पर्क गरेर बुझन सकिनेछ ।


सम्बन्धित समाचार (फलेवास नगरपालिका )