Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

2 weeks ago

342




शंकरपोखरी समाज कतारद्धारा तिवारी र परियारलाई सहयोग हस्तान्तरण
शंकरपोखरी समाज कतारद्धारा तिवारी र परियारलाई सहयोग हस्तान्तरण

पुष १५ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी जन्मथलो भई हाल रोजगारीको शिलशिलामा कतारमा रहेको पर्वत समाज कतारको मातहत संस्था ( शंकरपोखरी समाज कतार) ले शंकरपोखरीका लक्ष्मी जैसी तिवारीको उपचारका लागि ६९ हजार ५ सय ७० रुपैयाँ सहयोग गरेको छ । शंकरपोखरी समाज कतारका अध्यक्ष तथा पदाधिकारी , त्यहाँ रोजगारीमा पुगेका शंकरपोखरी जन्मथलो भै रोजगारी गर्दै आएका र चिनजानका अन्य गाउँका साथीहरु मार्फत संकलन भएको सहयोग लक्ष्मीको परिवारलाई हस्तान्तरण गरिएको हो । शंकरपोखरी समाज कतारको सिङ्गो टोलि सहयोग जुटाउन लागेर संकलन भएको रकम लक्ष्मीको परिवार लाई वितरण गरिएको हो ।

शुक्रवार फलेवास नगरपालिका ३ को वडा कार्यालयमा गाउँका सरोकारवालाहरुको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको छ । नगरप्रमुख पदमपाणि शर्माले कतार बाट प्राप्त सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग संकलनमा जुट्ने र सहयोग गर्ने सबैलाई नगरप्रमुख शर्माले आभार व्यक्त गर्नुभयो भने विरामीको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । नेपालीहरु जहाँ भएपनि मातृभूमीमा समस्या पर्दा एकजुट भएर सहयोग गर्छन भन्ने सुन्दर कार्यको उदाहरण शंकरपोखरी समाज कतारले देखाउँदै आएको शर्माले स्मरण गर्नुभयो । नगरप्रमुख शर्माले आर्थिक समस्यामा पर्ने जो कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यबाट समाज निरन्तर रुपमा लागिरहेकोमा खुशी व्यक्त गर्र्र्नुभयो । वडाध्यक्ष अर्जुनवहादुर केसीले अध्यक्ष अजय बिसिले ब्याक्तिगत खर्चमा भूकम्प जाँदा गाउँमा राहात वितरण, कोरोना महामारीमा खाध्यन्न सामाग्री वितरण गर्ने काम गरिरहनुभएको जानकारी गराउनुभयो । बिसिले विद्यालयमा पूर्वाधार बिस्तार लगायतका सामाजिक काममा समाजका अध्यक्ष लाग्नुभएको छ । उहाँले समाजमा सक्रियतापूर्व लाग्ने सबै धन्यबादका पात्र हुन भन्नुभयो । 

प्राप्त आर्थिक सहयोग नगरप्रमुख शर्मा, वडाध्यक्ष केसी मार्फत लक्ष्मी जैसी तिवारीका श्रीमान कमल जैसी तिवारीलाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी शंकरपोखरी समाज कतारका संस्थापक अध्यक्ष विष्णुबहादुर विकले यो संस्थाले आफ्नो पालादेखि नै सामाजिक अभियान चलाउँदै आएको र अहिले झनै क्रियाशिल भएर सामाजिक काममा जुटेको अवगत गराउनुभएको थियो । घाईतेको बारेमा सामाजिक सन्जाल मार्फत थाहा पाएर स्वत स्फूर्त रुपमा सहयोग गर्ने सबैलाई विकले धन्यबाद पनि दिनुभयो । े

सहयोग हस्तान्तरण कार्यक्रममा नेकपाका वडाध्यक्ष कमल भुसाल, नेपाली काँग्रेसका वडा सचिव शिवप्रसाद तिवारी, परिवारको तर्फबाट रोशन तिवारी, शंकरपोखरी समाज कतारका अध्यक्ष अजय विसीका श्रीमती जया विक, विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरु, राजनीतिक र तथा सामाजिक संस्थामा आवद्ध प्रतिनिधीहरु, जनप्रतिनिधीहरु सहभागी हुनुभएको थियो । लक्ष्मी जैसी तिवारीको २०७७ मंसिर ७ गते रुखबाट लडेर ढाँड भाँचिएको थियो । उहाँको हरियोखर्क अस्पताल पोखरामा उपचार भैरहेको छ । उहाँलाई विभिन्न ठाउँबाट सहयोगीहरुले आर्थिक सहयोग गर्दै आएका छन् । यसैबिच शंकरपोखरीको मैदान निवासी जिरा परियारको आगोमा जलेर मृत्यु भएकोमा उहाँको परिवारलाई पनि १५ हजार २० रुपैयाँ सहयोग गरिएको छ । आगोले जलेर उपचारको क्रममा जिरा परियारको मृत्यु भएको र उहाँको परिवार चरम आर्थिक संकटमा रहेकाले क्रियाखर्च स्वरुप सहयोग गरिएको समाजले जनाएको छ । उक्त रकम मनबुजा दर्जी लाई हस्तान्तरण गरिएको छ । दुबै सहयोग एकै कार्यक्रममा हस्तान्तरण गरिएको हो । 

सहयोगकर्ताहरुको नामावली र रकम तलको तालिकामा उल्लेख गरिएको छ । 



सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)