Latest Articles
डा. गोविन्दशरण उपाध्याय

मेरो गाउँको कथा : बाच्छाट विहादिका (बराचौर र रानीपानी गाविस) का बारेमा मेरो ऐतिहासिक ज्ञान छैन भन्दा पनि हुन्छ | हामीले देखेको र भोगेको विहादी फाँट र जंगलका लागि प्रसिद्ध छ | वराचौरको वडा नम्बर १ (हाल विहादी-२) यस्तो वडा हो जसका १००% वासिन्दाहरू पराजुली छन् र त्यसमा पनि बाहुन मात्रै | विगत ३० वर्ष अगाडिसम्म यस गाउँका अधिकांस वासिन्दाहरू अशिक्षित थिए भने अहिले समयले कोल्टे फेरेको छ | हरेक घरमा कमसेकम स्नातकतह पढेको नयाँ पुस्ता अहिले सजिलै भेट...
शरणबिक्रम मल्ल

चैते दशैँ मानेर राजा खोज्न गएका गन्जु आले, पीउर राना, शेरु चितौरे र बदल थापामगरको बर्खा सिद्धिन खोज्दा पनि अत्तोपत्तो थिएन। कालो निलो भएर काली गण्डकी बगी रहेकी थिइन्, राजाको स्वागतमा नयाँ बनाईएको टुनीको रातो डुंगा दिनको एकदुई पटक कालिको ओल्लो किनार र पल्लो किनार गरिरहन्थ्यो । राजा कहिले खोजि ल्याउलान र काली गण्डकीको सयर गराउन पाईएला भनि नयाँ सुन्दर डुंगाले कुरेको महिनौं बितिसकेको थियो। आले, राना, चितौरे र थापा मगर मुखियाहरुले अह्राएका मान्छेहरुले...
कमल रेग्मी

पैसा कमाउने, घर परिवार पाल्ने सुखी र खुसी हुने । अझ भनाैं गाउँको पहाडबाट सहरमा सर्ने अनि सहरमै घर बनाउने । परदेश लाग्दै गर्दा सबैको मनमा यस्तै यस्तै सपना हुन्छन् । त्यही ठूलो सपना बोकेर म पनि कतार आएर कतारको पाईप कम्पनीमा काम गर्दैछु । तर अहिलेको परिस्थिती हेर्दा लाग्छ, पैसा कसका लागि कमाउनु ? के को लागि कमाउनु ? आखिर जिन्दगीभन्दा ठूलो पैसा होइन रहेछ । सायद यस्तै लागेको होला अरु परदेशीलाई पनि ।तर मर्नुअघि नै खुट्टा तान्न हुँदैन...
समिर शर्मा

समिर शर्मा, जनरल मेडिसिनचैत्र २४, पर्वत । नोबल कोरोना भाईरस (कोभिड १९) चीनको वुहान शहरबाट शुरुवात भई विश्वभरि माहामारीको रुपमा विश्वको २०८ देशमा फैलिसकेको र हालसम्म ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाईरसका मुख्य लक्षणहरुमा १००.४ डिग्री भन्दा बढि ज्वरो, छाति दुख्ने, स्वास प्रश्वासमा गाह्रो हुने, सुख्खा खोकी लाग्ने, माँसपेशी दुख्ने, र कमजोरी महसुस हुने ।अस्पतालका चुनौतिहर...
इनद्रकान्त शर्मा
फलेवासको कमलो, नरम माटोमा जन्मिनु भएका ८–१० जना विशिष्ट व्यक्ति मध्येमा स्व. विसे पन्त प्रमुख हुनुहुन्छ । फलेवासका समथर मैदानमा सिचाँइको शुरुवाती मजवुत जग उहाँले राख्नुभएको थियो । आजको हराभरा फलेवासको श्रेय उहाँलाई नै जान्छ । विसे पन्त (देविप्रसाद पन्त) लमाएखोला पारिपट्टि अर्थात लिमीठाना निवासी हुनुहुन्छ । तर उहाँ लमाएखोलाको वारिपट्टि तत्कालीन फलेवास हालको खानीगाँउमा बस्नुहुन्थ्यो । लमाएभन्दा वारिपट्टिको खेतमा अर्थात हालको खानीग...
दिपिका भुसाल:
समय परिवर्तनशील छ । जसरि प्रकृतिमा समयले ऋतु हरु बदलीरहन्छ त्यसरी नै जिन्दगि मा पनि परिवर्तन हरु भईरहन्छन । प्रकृति यौटै चक्रमा घुम्छ तर जिन्दगि कुनै म्युजिकल चेयर जस्तो यौटै चक्रमा नघुम्दो रहेछ ।जीवन एउटा यात्रा र हण्डर, ठक्कर अनि चोट हरु त्यो यात्राका कोशेढुंगा हरु हुदारहेछन । आफुले जिन्दगि व्यतित गर्दा खाएका हण्डर हरु सम्झिनु, ठक्कर हरु गन्नु र चोट हरु सुम्सुम्याउनु पनि जिन्दगि कै एउटा अभिन्न पाटो हो । त्यतिबेला बल्ल बुझिने रहेछ संसारमा सबै भन...
भुमिराज शर्मा

हाल हाल बजेट आफ्नै करेसामा हाल ।
आफ्नै आगन बारी अनि चौघेरामा हाल ।।
वल्लो पल्लो गाउँतिर फड्को मार्नु हुन्न ।
आफ्नै दैलो पिढी अनि कटेरामा हाल ।।
काकाकुल परुन अरु चासो किन राख्नु ।
आफ्नै कुवा धारो अनि पधेरामा हाल ।।
आफू भलो जगत भलो भन्ने दर्शन तिम्रो ।
आफ्नै डाँडा पाखा अनि पखेरामा हाल ।।
फेरि टिकट पाउने अनि जित्ने निधो छैन ।
आफ्नै भुँडी भरिने गरी हत्केलामा हाल ।।
ओमप्रसाद घायल
'कर'का लागि कर गर्नुनै छकिनकि विछ्याउनु छ महारानीको दरवारमा नयाँ गलैंचाबनाउनु छ - मन्त्रीको क्वाटरमा अत्याधुनिक 'जीमहल'र फेर्नुछ वाथरूमको सौन्दर्य ।जनताको अगेनामा आगो बल्नु र नबल्नुमासरकारको के दोष !सरकारले त केवलक्रान्तिको अद्भूत सपना देखाउनु छगाउँघरमै कल्पनाको रेल ल्याउनुछनदीमा पानीजहाज चलाउनु छर नक्सामै भएपनि बनाउनु छ - नयाँ नेपालस्थापना गर्नुछ केबल- सर्वहारावर्गको अधिनायकत्व ।तर नागरिकहरूसरकारको अग्रगामी कर्मलाई देख्दैनन्प्रशंसा गर्दैनन्, ताल...
लेखक : नरनाथ सापकोटा
शिक्षा विकासको जग हो । शिक्षाले
व्यक्तिमा चेतनाको जागृत गराउँछ र उसको सोचाइ तथा व्यवहारमा परिवर्तन ल्याउँछ । व्यक्तिमा
ज्ञान, सीप र धारणाको विकास गराउँछ । शिक्षाको माध्यमबाट नै देशको आवश्यकताअनुसारको
जनशक्ति उत्पादन गरी विकासका गतिविधि अगाडि बढाउन सकिन्छ । सरकारले बर्षनी करोडौँ रकम
शिक्षामा खर्च गदै आएको छ । यति ठूलो रकम खर्च गर्दा पनि सरकारले शिक्षाबाट अपेक्षित
उपलब्धि हासिल गर्न नसकेको भनी सार्वजनिक रुपमा व्यक्त गर्ने गरेको पाइन्छ । यस पक्...
साजन परियार
घटना आजभन्दा ११ बर्ष अगाडीको हो । मेरो मनसपटलमा अझै पनि ताजा छ । कुश्माबाट आमा र म घर फर्किदै थियौँ । बाटोमा एक जना मुसलमान दिदिको पसल थियो । आमासँग राम्रो चिनजान भएका कारण ति दिदिलाई कान्छी सम्बोधन गर्नुहुँदोरैछ
। दिदि भित्र अगेनामा बसेर सेल रोटी हाल्दै हुनुहुन्थ्यो । दिदिले हामीलाई भित्र बोलाउनु भयो । हामी भित्र प¥यौँ । एकछिन बसौँ । हामी त्यहाँवाट निस्कन खोज्दा दिदिले रोटि खान आग्रह गर्नुभयो । आमाले मान्नुभएन् । मलाई सेल रोटी देख्दा...