
Correspondent, ParbatNepal
3 years ago
2410

विदेशमा रहेको पर्वतेलीको सबैभन्दा ठुलो संस्था अन्तर्राष्ट्रिय पर्वत समाजका केही पदाधिकारीहरुले अवैधानिक रुपमा अधिवेशन सकाएका छन ।
विधान विपरित कार्यदेखि आर्थिक प्रतिवेदन नै पेश नगरी शुक्रबार संस्थाले नयाँ कार्यसमिति चयन गरेको छ ।तर, नयाँ कार्यसमिति चयन गर्नका लागि आयोजित अधिवेशनले विधानको धज्जी नै उडायो । यतिसम्म कि, संस्थाका संस्थापक सदस्य, आजीवन सदस्य संस्थाले विधानबारे थाहै दिएनन । साधारण सभा समेत गणपूरक संख्या नपुगी बस्न मिल्दैन । अर्को मितिका लागि सार्नुपर्ने हुन्छ ।तर, संस्था हाँक्नको लागि नयाँ कार्यसमिति चयन गर्दा न गणपुरक संख्या हेरियो, न त साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्यले नै थाहा पाए । विधानको दफा ६ ‘ख’ मा लेखिएको छ, “यस संस्थाको प्रथम कार्यकाल पदाधिकारी तथा सदस्यहरु यस संस्थाका संस्थापक सदस्य रहनेछन ।”तर, विधान नमान्ने पदाधिकारीले अधिवेशन सम्पन्न गरे ।
रोजगारीको लागि पर्वत छाडेर विदेशिएका तीनै सदस्यहरुले श्रम काटेर दिएको रकम बाट चलेको संस्थामा संस्थाकै पूर्व कार्यसमितिका केही पदाधिकारीको मनोमानी गरेकै कारण अघिल्लो कार्यसमिति असफल बन्दै कार्यकाल सकायो ।बिहिबार सकिएको अधिवेशनमा १० प्रतिशत पनि साधारण सदस्य त्यहाँ थिएनन । राष्ट्रिय सभाका अध्यक्ष प्रमुख अतिथी रहेको उक्त अवैध अधिवेशनले उपस्थित नै नभएका व्यक्तिलाई कार्यसमितिमा राखेको छ । अधिबेशनमा बनाईएको भनिएको नया कार्यसमितीका ४ जनाको मात्र उपस्थिती रहेको थियो भने १९ जनाको कार्यसमिती बनाईएको छ । संस्थाका धेरै सदस्यहरुको असहमती रहदै आएको नेपाल प्रतिनिधी पनि पून मुना भुषाललाई तोकीएको छ । सामान्यतया अधिबेशन पछिको कार्यसमितीको बैठकले नेपाल प्रतिनिधी चयन गर्ने गरिन्छ तर किन के स्वार्थको लागी अधिबेशन कै दिन नेपाल प्रतिनिधी चयन गरियो ? भन्ने प्रश्न उठेको छ । भेलामा उपस्थित मध्य कै पनि केहि सदस्यहरुले तयार गरेर ल्याएको नाम लिष्ट पढिएको भनि असन्टुष्टी जनाएका थिए ।
२०१७ मा दर्ता भएको यो संस्थाले यसअघि युकेमा च्यारिटी कार्यक्रम गरेर ६५ लाख उठाएको, उक्त रकमले पर्वतको हुवासमा प्रसुती गृह खोल्ने भनेको थियो । तर, ३ वर्ष अघि गरेको उक्त कार्यक्रमको आर्थिक हिसाबकिताब अहिलेसम्म सार्वजनिक भएको छैन ।त्यतिमात्रै होइन, २ वर्षअघि पर्वतकै पैयुँमा सम्पन्न अधिवेशनमा मात्रै १६ लाख रुपैयाँ संकलन गरिएको भनिएको थियो । तर, त्यो रकम उठ्यो कि उठेन ? पदाधिकारीले खर्च गरे कि ? रकम उठेकै होइन ? यसको पनि विवरण सार्वजनिक भएको छैन । त्यो अधिवेशनले अध्यक्षमा पुरन गिरी, महासचिवमा गुराँस पौडेल लगायतको नेतृत्वमा समिति गठन गरेको थियो । ।अध्यक्ष र महासचिवकै मनोमानीका कारण कोषाध्यक्ष विनोद पुरीले कार्यकाल नसकिँदै राजीनामा दिएका थिए । पुरीसँगै, सचिव सुजन जोशी पनि समितिबाट निस्केका थिए । उपाध्यक्ष ईश्वर जोशी, गोविन्द पौडेल लगायत धेरै कार्यसमिति सदस्य पूर्व अध्यक्ष र महासचिव को मनोमानी पछि निष्क्रिय भएका थिए ।
हालसम्म पनि संस्थाको आर्थिक हिसाबकिताब एकपटक पनि सार्वजनिक नगर्नुले हिनामिना भएको आशंका गरिएको छ । पर्वतदेखि सांसदहरु लगेर गरिएको च्यारिटी कार्यक्रम, कोरोनाको नाममा एनआरएनसँग उठाएको रकमको हिसाबकिताब पनि संस्थाले एकपटक पनि सार्वजनिक गरेको छैन । अधिवेशनकै पूर्वसन्ध्यामा संस्थाका संस्थापक सचिव सुजन जोशीले लेखेका थिए, “न सदस्य संस्थाहरुलाई आधिकारिक पत्र नै आउछ, न आजिबन सदस्यहरुलाई केहि जानकारी नै हुन्छ, न पत्रपत्रिकाहरुमा प्रचारप्रसार नै हुन्छ । होईन यो कस्तो खालको अधिबेशन हो अन्तर्राष्ट्रिय पर्वत समाज को ? नियत खराव भएकाहरुको नेतृत्व भए पछि जे गरे पनी हुने हो ?”
आर्थिक हिनामिनाको आरोप लागेको अन्तर्राष्ट्रिय पर्वत समाजले भने संस्थाका पदाधिकारीको प्रश्नलाई समेत बेवास्ता गर्दै अर्को कार्यसमिति बनाएर आफूहरु तर्किएका छन । संस्थाको आर्थिक अपारदर्शिताका बारेमा पनि उनले लेखेका छन, “समाजका नामबाट उठाएका सहयोग रकमहरुको हिसाव किताव देखाउनु नपर्ने ? २ वर्ष अगाडि गरिएको च्यारिटी प्रोग्रामको पैसा के भयो ? बेला बेलामा बोलिएका÷ बोलाईएका रकमहरु उठाउनु नपर्ने ? कि उठाएर गोजी तिर हालियो ? संस्थाको लाखौ खर्च गरेर गरिएको दुवई कार्यक्रमको घोषणापत्रको कुन चाहि बुँदाको काम भयो ? जानकारी गराउनु नपर्ने ? यस्तै प्रश्नहरुको सामना गर्नुपर्ने भएकोले खासखुस अधिबेशन गर्न लागीएको हो ?”
विधानको दफा १२ अनुसार कार्यसमितिले “लेखापरिक्षकबाट प्राप्त भएको वार्षिक लेखापरिक्षण प्रतिवेदन माथि छलफल गरि अनुमोदन गर्ने र प्रतिवेदनमा देखिएका अनिमियमित वेरुजु रकमहरु माथि छलफल गरी वेरुजु रकमहरु असुल उपर गरि फछ्यौट गर्नका लागि कार्यसमितिलाई निर्देशन दिने ।” उल्लेख गरिएको छ ।
न सदस्य संस्थाहरुलाई आधिकारिक पत्र नै आउछ , न आजिबन सदस्यहरुलाई केहि जानकारी नै हुन्छ , न पत्रपत्रिकाहरुमा प्रचारप्रसार...
Posted by Sujan Joshi on Tuesday, 19 October 2021
तर, आर्थिक हिनामिनाको आरोप लागेको संस्थाले प्रतिवेदनमा देखिएको अनियमितता तथा बेरुजुबारे छलफल गर्ने कुरै भएन । जोशीले लेखेका छन, “मुसालाई धन्सारको पहरेदार बनाएको, धन्सारको अन्न त सक्यो सक्यो धन्सारको जग नै खनी ढल्ने अबश्थामा पुर्याई बाहिर भागी ताली बजाउदै रहेछ ।”संस्थाको विधान अनुसार कोषाध्यक्षले, “संस्थाको कोषको रेखदेख र संचालन गर्ने, साधारणसभामा वार्षिक कार्यक्रम र वजेटपेश गर्ने, लेखा दुरुस्त राख्ने, संस्थाको आम्दानी वृद्धिका लागि सकृय रहने तथा संस्थाको आर्थिक कारोवार सम्वन्धि मामलामा चल अचल सम्पतिको रेखदेख गर्ने र प्रवद्र्धन गर्न योजना बनाउने ।” कार्य गर्ने हो ।
तर, अध्यक्ष र महासचिवकै मनोमानीका कारण देखाउँदै पैयुँ अधिवेशनबाट चयन भएका कोषाध्यक्ष विनोद पुरीले राजीनामा दिएका थिए ।संस्थाले आफ्नो छुट्टै कोष राख्ने, संस्थाको अध्यक्ष,महासचिव र कोषाध्यक्षको ( अनिवार्य) संयुक्त दस्तखतबाट खाता संचालन हुने उल्लेख गरेको छ ।तर, संस्थाको कुन खातामा कति रकम छ भन्नेबारेमा संस्थाकै पदाधिकारी अनभिज्ञ छन ।पूर्वकोषाध्यक्ष किरण पूनका अनुसार अध्यक्ष र महासचिवले आफ्नै तरिकाले कारोबार गर्ने गरेको केहि सर सल्लाह नगरि संस्थाको एकाउन्ट बाट पैसा चलाउने गरेकोले आफुलाई केहि थाहा नभएको कारण अार्थिक प्रतिबेदन बुझाउन नसकेको बताएका छन् । संस्थाको खाता बेलायतमा नेपालमा रहेको र बेल्जियममा कोषाध्यक्षको व्यक्तिगत खाता प्रयोग गर्ने गरिएको थियो ।
यसबारेमा बुझ्न खोज्दा हालैमात्र निर्वाचित अध्यक्ष झलक केसीले संस्थाका तीनवटा खाता रहेको र छिटै नै संस्थाको लेखा पारदर्शिता सार्वजनिक गरिने बताए । संस्थाको अघिल्लो कार्यसमितिमा असन्तुष्टि रहेको उनले स्विकार गर्दै चित्रेमा सम्पन्न अधिवेशनमा लेखा प्रतिवेदन नबुझाएको स्विकार गरे ।