Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

4 years ago

1673




पर्वतको नाग्लीवाङमा कटाई सिलाई तालिम
पर्वतको नाग्लीवाङमा कटाई सिलाई तालिम

वैशाख १ पर्वत । 

पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङमा ३ महीने कटाई सिलाई तालिम सञ्चालन गरिएको छ । बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य अनुरुप सञ्चालित उक्त तालिम मंगलवार समापन गरिएको छ । तालिममा सहभागी भएका २१ जना महिलाहरुलाई कटाई सिलाईको आधारभूत सीप हस्तान्तरण गरि तालिम समापन गरिएको आयोजक व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतले जनाएको छ । केन्द्रले आर्थिक वर्ष २०७६÷०७७ मा मागका आधारमा उक्त तालिम आयोजना गरेको थियो । तालिम पौष १४ देखि चैत्र २२ सम्म संचालन गरि चैत्र ३१ गते समापन समारोह गरि सहभागी लाई प्रमाणपत्र वितरण गरियो । 

नाग्लीवाङ स्थित वडा कार्यालयमा तालिम सञ्चालन गरिएको थियो । सोहि अवसरमा १५ दिने सेनेटरि प्याड÷सपिङ्ग ब्याग तालिममा उत्पादित ५० सेनेटरि प्याड जनकल्याण माविका कक्षा ९ र १० का छात्राहरुलाई वितरण गरिएको छ । साथै विद्यालयका गरिव तथा जेहेन्दार बालबालिकालाई एडभान्स सिलाईबाट उत्पादित २० वटा लेडिज पाइन्ट २० वटा जेन्स पाईन्ट वितरण गर्नका लागि वितरणका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमवहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । 


केन्द्र प्रमुख डम्वरबहादुर जिसीले कार्यालयले व्यावसायिक तथा सीपमा आधारित तालिम मार्फत यूवालाई रोजगारी तर्फ प्रेरित गरिरहेको बताउनुभयो । कार्यालयले आधारभूत, एडभान्स तथा मागमा आधारित तालिमहरु सञ्चालन गर्दै आएको जिसीले जानकारी दिनुभयो । उहाँले तालिमहरु प्रभावकारी रुपमा सञ्चालन गरिएको र पारदर्शी तवरले सञ्चालन गरिएको जिसीले बताउनुभयो ।

वडाध्यक्ष हिरविकास जिसीले तालिमलाई व्यावहारमा उतार्न अनुरोध गर्नुभयो । तालिम सिकेपछि त्यसको उपयोग गरेमात्रै तालिम लिएको अर्थ रहने वडाध्यक्ष जिसीले बताउनुभयो । सीप अनुसारको व्यावसाय सञ्चालन गर्न चाहनेलाई वडाको तर्फबाट पनि सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कार्यालय प्रमुख डम्वरबहादुर जिसी, वडाध्यक्ष हरिविकास जिसी, जनकल्याण माविका अध्यक्ष भिमबहादुर श्रेष्ठ, प्रधानाध्यापक कृष्णप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो । तालिममा सहभागी भएकाहरुले तालिमले धेरै कुरा सिक्न पाएको र सीप सिकेपछि व्यावसाय पनि सञ्चालन गर्ने बताएका छन् । हात खाली राखेर बसेको बेला तालिम सिक्नु सूवर्ण अवसरको रुपमा लिएको तालिम लिएका महिलाहरुले बताएका थिए । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)