
Correspondent, ParbatNepal
1 week ago
288

पुष २६ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका मेरुदण्ड भाँचिएर उपचाररत लक्ष्मी तिवारीलाई स्पेनमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । पर्वत समाज स्पेनमा आबद्ध भएका पर्वतेलीहरुले तिवारीलाई रु. ५६ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् । स्पेनमा रहेका कृष्ण भुसाल, विजय शर्मा दर्पण लगायतको निर्णय अनुसार समाजले आफ्ना पदाधिकारी तथा सदस्यहरु मार्फत संकलन गरेको उक्त रकम आईतवार शंकरपोखरी पोखरा समाजका सचिव भरत भुसालले लक्ष्मी तिवारीलाई हस्तान्तरण गर्नुभयो ।
भुसालले प्राप्त सहयोग रकम हस्तान्तरण गर्र्दै विरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै स्पेनबाट आर्थिक सहयोग प्राप्त भएको जानकारी गराउनुभयो । भुसालले देशबिदेश बाट विभिन्न संस्थाको सहयोगले उहाँको स्वास्थ्य उपचार संभव भएको भन्दै उहाँलाई स्वतस्फूर्त रुपमा सहयोग गर्ने दाताहरु अझै पनि सम्पर्क आईरहेको पनि बताउनुभयो । भुसालले शंकरपोखरी सम्पर्क समाजले पनि अस्पतालमै पुगेर सहयोग गरेको स्मरण गर्नुभयो ।
सहयोगदातालाई पीडित लक्ष्मी तिवारीले धन्यबाद दिनुभयो । सहयोगी व्याक्तिहरुको साथ र आशिर्बादले आँफु निको हुँदै गएको तिवारीले बताउनुभयो । तिवारीलाई स्वदेश तथा बिदेशबाट सहयोग प्राप्त हुने क्रम जारी छ । पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्य पूर्ण रुपमा सुधार भैसकेको छैन ।
उहाँको हरियोखर्क अस्पतालमा उपचार भैरहेकोमा केहि दिन घरमा बसेपछि पुनः स्वास्थ्य परिक्षण र शारिरिक कसरतका लागि डाक्टरले बोलाएको पति कमल तिवारीले जानकारी दिनुभयो ।
स्पेनबाट सहयोग गर्ने दाताहरुको नामावली यसप्रकार छ ।