कृषिकर्ममा रमाउँदै ७० वर्षे वर्मेली वा
admin     8 months ago     209
कृषिकर्ममा रमाउँदै ७० वर्षे वर्मेली वा

रोशन तिवारी

(पर्वत)– उमेरले ७० वर्ष लागे उनी । जाँगर कुनै यूवाको भन्दा कम छैन । विहानदेखि साँझ सम्म तरकारी वारीमा भेटिन्छन उनी । उनी हुन फलेवास नगरपालिका ६ देविस्थानका देविप्रसाद भुसाल । देविप्रसा दभनेर गाउँका कसैले चिन्दैनन । उनलाई गाउँभरि ‘वर्मेली वा’ भन्ने हो भने जस्ले पनि चिन्छन् । दुई दशक भयो कृषिमा नंग्रा खियाउन थालेको । तत्कालिन समय बृटिस सरकारको स्वशासित बर्मामा बाबु गंगाधर भुसालले फौजिमा नोकरी गरेका उतै जन्मिएकोले उनको नाम बर्मेली रह्यो । 


६ वर्षसम्म कुलेखानी र मस्र्याङ्दी जलविद्युत आयोजनामा काम गरें ।’ निर्माणाधिन मस्र्याङ्दी जलविद्युत आयोजनामा काम गर्दागर्दै मेसिनले च्यापेर दाहिने हात र देब्रे खुट्टा भाँचियो । त्यसपछि फेरि जन्मगाउँ फलेवास नै फर्के । उतिवेला काठमाण्डौ र पोखरावाट तरकारीको वीउ ल्याएर काक्रो खेती गर्न शुरु गरे कुरो हो २०४१ तिरको । 

त्यसपछि उत्पादन गर्दै वेच्दै गर्न थालेपछि उनमा तरकारी खेतीमा चाख वढ्दै गयो । अहिले उनले करिव पा“च रोपनी बारीमा चारवटा प्लाष्टिकका टनेल वनाएका छन् । टनेलमा रहरलाग्दो तरकारी फलेका छन् । सबै टनेलमा सिजन अनुसारको गोलभेंडा, का“क्रो, सिमी, बोडी लगायतको तरकारी लटरम्मै हुन्छ । ‘ मैले तरकारी भन्दा वरु वीउ उत्पादनमा ध्यान दिएको छु उनले भने, ‘अहिले पनि एक रोपनीमा प्याज, गोलभेंडा, काउली बन्दा लगायतका बिरुवा लगाएको छु ।’ बिरुवाबाट मात्रै वर्षको तीन लाख कमाई हुन्छ,’ उनले भने, ‘तरकारी बेचेर दुई लाख जति वचत हुन्छ । यो भेगका सबैलाई बिरुवा पु¥याउने मैले नै हो । उनकोमा पर्वत सहित वागलुङको जैमिनी, कुश्मीसेरा सम्मका मान्छे आउ“छन् । तरकारी बेच्न पनि कतै जानै पर्दैन, घरमै आउनेहरु खोसाखोस गर्छन । 


एनले उत्पादन गर्ने तरकारी विषदी रहित हुन्छ । भकारो सुधार गरेका छन । सिमेण्टको खाडलमा गहुँत जम्मा हुन्छ । गोवर र गहुँत तरकारीमा प्रयोग गर्छन । कुनै रोग किरा लागेमा तितेपाती निचोरेर झोल वनाई छर्किन्छन् । खासै धेरै नपढेकाले उनले जागिर पनि गरेनन त्यसैले पेन्सन पनि छैन । 


एनले भने,‘अरु कमाई केहि छैन तरकारी बिक्रि गरेरै सात सन्तानको बिवाह गरे । घरनजिकै करिव आठ रोपनी जग्गा किनेको छु ।’ पछिल्लो समय जिल्ला कृषि विकास कार्यालयले पनि सक्रिय किसानका लागि दिन मिल्ने सहयोग सबै दिएको उनले बताए । ‘अहिले एउटा टनेल च्यातिएको छ । त्यो बजारमा किन्न नपाईंदोरहेछ । यो वर्ष त्यहि पाउने अपेक्षा छ ।’ उनले भने ।


विहान उठ्ने, चर्कोचर्को वजाएर रेडियो सुन्ने,कुँडो पकाएर भैसी र गाईलाई ख्वाउने, तरकारीको गोडमेल गर्ने उनको नियमित दैनिकी हो । गोठमा चारवटा लैना गाई र दुईवटा भैंसी छन् । एउटै उमेरकी श्रीमती माया“देबी बिहान ४ बजे उठ्छिन् । नजिकै खरबारी भएकोले झिसमिसैमा घा“स काट्न जान्छिन् । चार भारी घा“स काटेर ८ बजेअघि नै घर फर्किन्छिन् । श्रीमतीलाई ‘बर्मेली बा’ ले बोलाउने नाम ‘काली’ हो । २०२० सालमा बिवाह भएपछि साथी जस्तै हासिँखुसी जिन्दगी चलेको छ । दुबैजना संगै छन्, रमाएकै छन । कहिल्यै टाढा बस्न नपरेकोले पनि श्रीमानले ‘काली’ भनेर बोलाउ“दा माया“देबीले अनौठो मान्दिनन । वरु कहिले काँहि ठुलावडा र घरमा पाहुना हुँदा काली भनेर वोलाउँदा उनी पहिल्यैदेखि भुतुक्कै हुन्थिन । ‘एक्लै हु“दा त खुशी नै लाग्छ ।’ माया“देबीले भनिन्, ‘पहिल्यैदेखि बानी परेकोले अरु नामै बोलाउनुहुन्न । कहिलेकाहिं ठुला मान्छे आउ“दा त लाज लाग्छ ।’ वुढाको जिस्काउने वानी छ फेरि अरुले नराम्रो मान्ने हुन कि भन्ने मलाई पिरलो लाग्छ, मजेत्रोले मुख छोप्दै मायादेविले कुरा खोलिन । माया“देबी पनि काममा उत्तिकै जा“गरिली छिन् । दुबै जनाले दैनिक दुई लिटर सम्म गाईभैंसीको दुध नियमित पिउ“छन् । दैनिक तीस लिटर सम्म दुध भएर पनि कहिल्यै बिक्रि गर्दैनन् । वाटोको मु्खैमा घर छ घरमा आउने जो कोहि पनि दुध, मोहि, चिया, दहि नपिइ फर्किन्न । ‘अतिथीलाई खुवाउन पाउनु पनि ठुलो भाग्य हो । नभए के दिथ्यौं र ? पैसा त तरकारीबाटै कमाइएको छ ।’ माया“देबीले भनिन् । दैनिकजसो आउने पचास जनासम्म उनको घरबाट खाली फर्किंदैनन् । 


सात सन्तानका बाबुआमा भए पनि सबै आ–आफ्नो बाटो लागेकोले बुढाबुढी एक्लै छन् । ‘अल्छी भन्ने कस्तो हुन्छ अहिलेसम्म थाहा छैन । कुनै काम पनि भोली गरौंला भन्ने लागेकै छैन ।’ माया“देबीले भनिन् । सरकारले जेष्ठ नागरिकका लागि दि“दै आएको सामाजिक सुरक्षा भत्ता नलिएका ‘बर्मेली बा’का दम्पती आफुहरुका लागि त्यो आवश्यक नरहेको बताउ“छन् । ‘जो गरिखान सक्दैनन्, उनिहरुका लागि दिनुपर्छ । हामीलाई त्यो आवश्यक छैन । लिन पनि लिन्नौं,’ उनिहरुले भने, ‘सक्ने बेलासम्म हामीले नै सरकारलाई केहि दिने हो । नसक्ने बेला आएपछि सरकारले नहरेरेर कसले हेर्छ ?’ ‘बर्मेली बा’ का दम्पती जिल्लाका मात्रै नभएर मुलुककै अगुवा र नमुना किसान हुन सक्ने बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मी बताउ“छन् । ‘त्यो उमेरमा चौबिसै घण्टा खटेर काम गर्ने बुढाबुढी अहिलेसम्म भेटेको छैन । उनिहरुलाई राज्यले सम्मान गर्नुपर्छ,’ रेग्मीले भने, ‘उनिहरु राज्यकै गहना हुन् ।’ 


सम्बन्धित समाचार (फलेवास नगरपालिका )