वढि मुल्य पार्न वोटमै सुन्तला
    5 months ago     123
वढि मुल्य पार्न वोटमै सुन्तला



रोशन तिवारी पुष २४ पर्वत -


मोदी गाउँपालिका– २ का ख्यामराज पौडेलको वगैँचामा लटरम्म सुन्तला दखिन्छन् । उनले पुष सकिनै लाग्दा पनि अहिलेसम्म सुन्तला टिपेका छैनन । सिजनमा वढि मुल्य नपर्ने भएकाले सिजन सकिने वित्तिकै टिपेर वजार पठाउँदा राम्रो मुल्य नपाउने भएकाले उनले वोटमै सुन्तला राखेका हुन् । ‘अरुले वजार पठाईसके मैले सिजन सकिएपछि वजार पठाउँछु‘ उनले भने । उनले गतवर्ष पनि यसरी नै विक्री गर्दा ९१ हजार रुपैयाँ कमाएका थिए । ‘सिजन सकिएपछि वजारमा सुन्तलाको माग वढि हुन्छ त्यहि भएर अहिले सम्म वोटमै राखेको हुँ,उनले भने । 

फागुनसम्म वोटमै सुन्तला राखेर विक्री गर्ने उनीमात्रै एक्ला होईनन् । भूमीराज शर्मा, ज्ञानेन्द्र शर्मा, गोपाल शर्मा लगायतका वगैँचामा पनि अहिलेसम्म पहेँलपुरै सुन्तला देखिन्छन् । अहिले प्रतिकिलो ७० मा विक्री हुने सुन्तला सिजन सकिनै लाग्दा १३० देखी १५० रुपैयाँ प्रतिकिलोमा विक्री गर्दा नाफा हुने भएकाले कृषकहरुले वोटमै राख्ने गरेका हुन् । ख्यामराज पौडेलले भने,‘ माघको अन्तिम सातामात्रै टिप्ने सोचमा छु उनले भने,‘ यस वर्ष ८ टन सुन्तला वजार पठाउने योजना छ ।’ 

मंसिरमै ठेक्का लगाएका कृषकका सुन्तला भने वजार पठाउन शुरु भएको छ । यहाँ पोखरा र काठमाण्डौका व्यापारीले मंसिरमै आएर वोट नै ठेक्कामा लिने गरेका छन् । व्यापारीले अग्रिम वुकिङ गरेका सुन्तला धमाधम टिपेर वजार पठाउन थालिएको कृषक टिकाराम चापागाईले वताए । उनले ८ हजार किलो सुन्तला वजार पठाएको जानकारी दिए । पुष महिनाभरि उनले ७ लाखका सुन्तला विक्री गरेका छन् ।  

गतवर्ष असिनाले सुन्तला सखाप भएपनि यसपाली भने उत्पादन राम्रो भएको छ । उत्पादन राम्रो भएकाले यहाँवाट करिव २ देखि ३ करोडको सुन्तला विक्री हुँदै छ । एकै गाउँका ८५ परिवारले अहिलेसम्म दुई करोड रुपैयाँ कमाएका छन् । यहाँका कृषकहरुले सुन्तला विक्रीवाट ५० हजार देखि ७ लाख रुपैयाँ सम्म कमाई गर्ने गरेका छन् । ‘पोहोर एउटा गेडो पनि वेचिएन, सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले भने,‘यसपाली पोहोरको घाटा उठाउन त सकिएन तर मिहेनतको फल राम्रै पाइएको छ ।’यसवर्ष सबै गाउँभरि गरेर ३ करोडको सुन्तला त्रिवmी हुने अनुमान गरिएको छ । 

देउपुरका धान र मकै खेती मासेर गाउँभरि सुन्तला खेती विस्तार गर्ने क्रम वढेको छ । २०४७ सालदेखी यहाँ व्यवसायिक रुपमा सुन्तला खेती गर्न थालिएको स्थानीय अगुवा कृषकहरुले जनाए । अहिले वर्षेनी सुन्तला कृषक वढेको मोदी गाउँपालिकाले जनाएको छ । स्थानीय कृषकहरुलाई सुन्तलाका विरुवा वितरण गर्ने, कृषकहरुलाई तालिम प्रदान गर्ने, मल वीउ तथा काँटछाँटका लागि गाउँपालिकाले यस वर्ष १२ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए । 

  


सम्बन्धित समाचार (मोदी गाउँपालिका )