Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

105




बाँझो जग्गामा खेती गर्नेलाई अनुदान
बाँझो जग्गामा खेती गर्नेलाई अनुदान

जेठ १६, मोदी । पर्वतको मोदी गाउँपालिकाले बाँझो जग्गा उपयोग गरी बालीनाली लगाउनेलाई अनुदान दिन गाउँपालिकाको कृषि समितिले सिफारीस गरेको छ ।

मोदी गाउँपालिकामा कृषि समितिले लामो समयदेखि बाँझै रहेको जमिनमा बालीनाली लगाउन प्रोत्साहित गर्ने उद्धेश्यले अनुदान दिने दिनेगरी सिफारीस आएको हो । चालु आर्थिक वर्षदेखि बाँझो जग्गामा भुगोल अनुसारको बालीनाली लगाएमा अनुदान दिनेगरी सिफारीस आएको  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति रोपनी रु ३ हजार रुपैयाका दरले अनुदान दिने सिफारीस आएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणले मुलुकमा खाद्य संकट आउने सम्भावना बढ्दै गएको छ । यस्तो अवस्थामा पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि पनि कृषकहरुलाई प्रोत्साहत स्वरुप उक्त अनुदान दिने सिफारीस आएको गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अब असार सम्म आआफ्नो क्षेत्र अनुसार कुन बालीनाली लगाउन उपयुक्त छ, कुन बालीनालीवाट पर्याप्त फाईदा लिन सकिन्छ सोहि अनुसार बालीनाली लगाउन प्रवक्ता लामिछानेले आग्रह गर्नुभएको छ ।

यो निणर्यले पालिका भित्र लामो समयदेखि बाँझै रहेको सयौ हेक्टर खेतवारीमा बालीनाली लगाउने विश्वास गाउँपालिकाको छ । मोदी गाउँपालिकाको राम्जा, चित्रे, भुकताङ्ले, तिलाहार लगायतका क्षेत्रमा धेरैजसो जग्गा उपयोग बिहीन बनेको छ । पालिकाका ८ वटै वडावासीले बाँझिएको जग्गामा खेतीवाली गरेर उत्पादन गरेवापत गाउँपालिकाले अनुदान दिने छ । कृषकले खेतीवाली लगाईसकेपछि गाउँपालिका वा वडामा निवेदन दिने र कृषि प्राविधिकहरुको अनुगमन पछि अनुदान दिईने समेत प्रमुख प्रशासकिय अधिृकत क्षेत्रीले बताउनुभयो ।

सम्बन्धित समाचार ( स्थानीय तह)