Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

4 years ago

1512




पहिरोको कारण पैयूँका डेढ सय भन्दा धेरै घर उच्च जोखिममा
पहिरोको कारण पैयूँका डेढ सय भन्दा धेरै घर उच्च जोखिममा

१५ साउन, पर्वत । अविरल वर्षाका कारण पर्वतको पैयू गाउँपालिकाका बस्तीहरु उच्च जोखिममा रहेका छन् । पैयूँ गाउँपालिका भित्र रहेक ७ वटा वडामा रहेका विभिन्न ठाउँमा रहेका बस्तीहरु उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

 

वडा नम्बर ३ को डुँड, वडा नम्बर ४ को किक्रीक, वडा नम्बर ५ को आरुगैह्रा दलित वस्ती, वडा नम्बर ६ को थुम्का र वडा नम्बर ७ को दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको हो ।

 

त्यसै गरी धरमपानी धरागैह्रा बस्ती र पैनिथोक दलित वस्ती समेत उच्च जोखिममा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिनु भयो । यसैगरी पहिरोले वडा नम्बर ३ को पालुस्थान मावि, दिप ज्योति आधारभूत विद्यालय र वडानम्बर २ को देउराली आधारभूत विद्यालयको भवन र शौचालय पूर्ण रुपमा क्षति भएको छ ।

 

उच्च जोखिममा रहेका घर बस्ती लगायतको उद्दारको लागि जिल्ला विपद व्यवस्थापन र रुपा संरक्षण एकिकृत विकास परियोजना कास्कीलाई पत्र पठाएको प्रशासकीय अधिकृत रानाले बताउनु भयो ।

 

पहिरोले पैयूँगाउँपालिका भित्र रहेका घर वस्ति गरी करिब १ सय ५० घर परिवार उच्च जोखिममा रहेको र उनिहरुलाई उचित ठाउँमा राख्न गाउँपालिका अगाडि बढेको पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताउनु भयो ।

पहिरोको कारण वडा नम्बर ३ मा सबै भन्दा बढि क्षति भएको छ । वडा ३ को मैदान, वडा नम्बर ७ को डुडे र सरौखोला भोर्ले सडक पहिरोले पूर्ण क्षति गरेको छ ।साभार : कालीगण्डकी खवरवाट

सम्बन्धित समाचार (पैयूं गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)