Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

4 years ago

3062




कृषि उपज संकलन केन्द्र जलजलाले थाल्यो किसानले उत्पादन गरेको तरकारी र खाद्यन्न संकलन कार्य
कृषि उपज संकलन केन्द्र जलजलाले थाल्यो  किसानले उत्पादन गरेको तरकारी र खाद्यन्न संकलन कार्य

साउन ३१, पर्वत पर्वतको जलजला गाउँपालिकामा निर्मित कृषि उपज संकलन केन्द्रमा गाउँका किसानले उत्पादन गरेको तरकारी खाद्यन्न संकलन गर्न शुरु भएको

 

आफ्नो उत्पादन आफ्नै बजार, समृद्ध किसान उन्नत कृषिको आधार भन्ने उद्देश्यले गठन भएको जलजला कृषि बजारको सक्रियतामा मिलनचोकमा निर्माण भएको कृषि उपज संकलन केन्द्रमा तरकारी खाद्यन्न संकलन हुन थालेको हो कृषि समूहका अध्यक्ष राजु आचार्यले संकलन केन्द्र शुरु गरिएको किसानको उत्पादन बजार पठाउन थालिएको बताउनुभयो एक दुई दिनमा संकलन केन्द्रको तरकारी बजारीकरण गर्न गाडीको पनि व्यवस्था हुने आचार्यले जानकारी दिनुभयो

 

कृषि निर्देशनालय पोखरा, जलजला गाउँपालिका स्थानीय कृषकहरुको लगानीमा संकलन केन्द्र स्थापना गरिएको हो कृषि उपज संकलन केन्द्र स्थापना भएपछि गाउँमा उत्पादित तरकारी तथा खाद्यन्नले बजार पाउने स्थानीय बजारमा भन्दा बढि मुल्यमा विक्री गर्न सकिने किसानहरुले बताएका छन् यो संकलन केन्द्र कृषि निर्देशनालयको २७ लाख, जलजला गाउँपालिकाको १५ लाख उपभोक्ताहरु मार्फत ४२ लाख लगानी गरि स्थापना गरिएको हो

 

शालिजा, धाईरिङ, लेखफाँट, नाग्लीवाङ, वाँसखर्क, मल्लाजमा व्यवसायिक किसानहरुले उत्पादन गरेको तरकारी खाद्यन्न बजारमा ल्याउन थालिएको

 

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)