Correspondent, ParbatNepal
4 years ago
1506
२४ साउन, पर्वत । पर्वतको मोदी गाउँपालिकाको आर्थिक वर्ष २०७६र ७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । गत आर्थिक वर्षमा गाउँपालिकावाट सम्पादन भएका कार्यक्रम, योजना तथा विकास निर्माणका कामहरुका बारेमा गोष्ठिमा समिक्षा गरिएको छ । सो अवसरमा सबै शाखा प्रमुखले शाखा गत प्रस्तुति राख्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले समग्र प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
गोष्ठिमा प्रस्तुत गरिएको सवै प्रतिवेदन उपर व्यापक छलफल र समीक्षा भएको प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार मोदी गाउँपालिकाको आर्थिक वर्ष २०७६र७७ को समग्र वित्तिय प्रगति ७९.२१ प्रतिशत भएको छ । जसमध्ये ससर्त तर्फ ८७.३५ प्रतिशत, गाउँपालिकाको चालू र पूँजीगत खर्च अनुमानको ७०.१२ प्रतिशत र वास्तविक आयको ८६.९५ प्रतिशत रहयो ।
त्यसैगरी सामाजिक सुरक्षा खर्च ९६.२३ प्रतिशत, सामाजिक विकास मन्त्रालयका ३ वटै कार्यक्रममा सत् प्रतिशत प्रगति हासिल भएको क्षेत्रीले बताउनुभयो । त्यसैगरी गाउँपालिकाको पुर्वाधार विकास साझेदारी कार्यक्रममा ६९.२४ प्रतिशत, शिक्षा विकास निर्देशानलय तर्फ सत्प्रतिशत, पञ्जीकरण विभागतर्फ ८३.०५ प्रतिशत, गरिव सँग विश्वेश्वर कार्यक्रममा सत् प्रतिशत वित्तिय प्रगति भएको छ ।
समग्रमा कोभिड १९ का बाबजुद पनि गाउँपालिकाको
प्रगति सन्तोषजनक रहेको निष्कर्ष गोष्ठिवाट निकालीएको छ । कार्यक्रममा
गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष
सेती महत लगायतले पनि सम्वोधन गर्नुभएको थियो ।