
Correspondent, ParbatNepal
6 months ago
300

पर्वत । जिल्लाको पैयू गाउँपालिकाको आगामी बजेट ४१ करोड ६३ लाख ४६ हजार ३ सय ५० रुपैंया प्रस्ताव गरिएको छ । गाउँपालिकाका सातौ गाउँ सभामा उपाध्यक्ष जसमति गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन ।
गाउँ सभामा प्रस्तुत भएको उक्त बजेटको विषयमा गाउँ सभाका सदस्यहरु वीच छलफल भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतवहादुर रानाले जानकारी दिए । प्रस्तुत भएको बजेटको विषयमा गाउँ सभाका सदस्यहरु वीच छफलफल गरी आगामी असार २८ गते पुनः गाउँ सभा मार्फत बजेट पास गर्ने गरी तयारी भईरहेको रानाको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले यस अघि गाउँ सभामा आगामी बर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष तिवारीले गाउँपालिकाको आर्थिक विकासको पहिलो मेरुढण्ड कृषि र पशुपालन ब्यवसाय भएको भन्दै त्यस तर्फ लक्षित कार्यक्रमहरु सञ्चालन गरिने बताएका थिए । उनले कृषि सडकको स्तरोउन्नती गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास गर्ने गरी आगामी नीति तथा कार्यक्रमहरु ल्याउन थिए ।
अध्यक्ष तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सवै प्रकारका मानिसहरुको आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी विकासका आयोजनाहरुका खाका तयार हुने कुरा उल्लेख गरिएको छ ।