
Correspondent, ParbatNepal
5 days ago
49

पुष
२८ पर्वत । पर्वतको पैयुँ
गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईडमा फोहोर व्यवस्थापन गर्न थालेको छ । बढदो
शहरीकरणसंगै गाउँपालिकाको केन्द्र हुवास र अन्य बजार
क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । गाउँपालिकाले
जग्गाको अभावमा अहिले सम्म फोहोर व्यवस्थापन गर्न सकेको थिएन । हालै गाउँपालिकाले
गाउँपालिकाको केन्द्र हातेमालोचोक बाट २ किलोमिटर टाढा
वडा नम्बर १ टकलाकको घ्याङसिङमा
ल्याण्डफिल्ड साईड बनाएर फोहोर व्यवस्थापन गर्न थालिएको हो । गाउँपालिकाका
प्रमुख प्रसासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जग्गा व्यवस्थापन गरि फोहोर फाल्न शुरु भएपनि अझै व्यवस्थित गर्ने काम बाँकी रहेको बताउनुभयो । कुहिने र
नकुहिने फोहोर अलगअलग संकलन गर्ने र फोहोर प्रसोधन
गर्ने योजना बनाईएको पौडेलले बताउनुभयो ।
फोहोर
थुपार्ने मात्रै नभई प्रसोधन केन्द्र समेत बनाउने गाउँपालिकाको योजना रहेको र त्यसका लागि
५ करोड खर्च लाग्ने अनुमानका साथ पूर्वाधार निर्माणको पहल भएको पौडेलले बताउनुभयो । गाउँपालिकाले फोहोर
फाल्न ६२ आना जग्गा
खरिद गरेको हो । अध्यक्ष
खगेन्द्रप्रसाद तिवारीले बजारक्षेत्रमा चूनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन कार्य अब सहज भएको
बताउनुभयो । फोहोरका कारण
बजार क्षेत्र दुर्गन्धित हुने समस्या हट्ने तिवारीले बताउनुभयो ।
स्थानीयले
घर र घरवाहिरको फोहोर
डस्टविनमा जम्मा गरेर खोलाखोल्सीमा फाल्ने गरेका थिए भने जलाउने समेत गरेका थिए । हुवास, हातेमालोचोक,
अर्जुनबजार, डुँडबजार, त्रिबेणी लगायत बजार क्षेत्रमा घरहरु बढ्दै गएका छन् । व्यापरिक केन्द्र
हुवासको हातमालोचोक शहरीकरण हुँदै गएको छ । गाउँपालिका
स्थापना हुँदा देखिनै फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईड बनाउने योजना भएपनि अहिले आएर बल्ल जग्गा पाएपछि योजना पुरा भएको तिवारीले बताउनुभयो ।
जिल्लाका
सात स्थानीय तह मध्ये कुश्मा
नगरपालिकाले मात्रै व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गर्दै आएको छ । मोदी
गाउँपालिकाको फोहोर अहिले पनि मोदीखोला र सडक छेउमा
फालिँदै आएको छ । जलजला,
फलेवास, बिहादी, महाशिला गाउँपालिकामा पनि फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईडको अभाव छ ।