फलेवास सिँचाई जल उपभोक्ता समितिको नयाँ कार्यसमिति चयन
    3 months ago     204
फलेवास सिँचाई जल उपभोक्ता समितिको नयाँ कार्यसमिति चयन

बैशाख ८, पर्वत । फलेवास सिँचाई जल उपभोक्ता समितिको भेलाले पुन ः भवानीप्रसाद श्रेष्ठको अध्यक्षतामा ११ कार्य समिति गठन गरेको छ । 

समितिको उपाध्यक्षमा जयन्ती श्रेष्ठ, सचिवमा किशोरराज रेग्मी, कोषाध्यक्षमा पदमपाणी भुषाल, सदस्यमा दुर्गादत्त तिवारी, फलेवास शाखावाट गोपाल शर्मा, माटेदेवल शाखावाट कुलप्रसाद तिवारी चयन हुनुभएको छ । त्यस्तै अन्य सदस्यमा ठाकुरप्रसाद कुमाल, रामवहादुर कुवँर, रामप्रसाद भुषाल र बेदप्रसाद तिवारी लाई चयन गरिएको समितिले जनाएको छ । 

समितिले नहरको मर्मतका लागि नयाँ ढंगले काम गर्ने जनाएको छ । नहर निर्माण भएको लामो समयसम्म मर्मत हुन नसक्दा नहर जिर्ण बन्दै गएको भन्दै सम्वन्धित निकायले ध्यानदिनुपर्ने स्थानियवासीको भनाई छ ।