नेपाल तरुण दलको प्रदेश ४ को भेला पर्वतमा ,तयारी तिव्र
    4 months ago     155
नेपाल तरुण दलको प्रदेश ४ को भेला पर्वतमा ,तयारी तिव्र

बैशाख २, पर्वत । नेपाल तरुण दलको प्रदेश ४ स्तरिय भेलाको तयारी तिव्र पारिएको छ । पर्वतमा हुन लागेको भेलाको तयारी तिव्र रुपमा अगाडी बढेको तरुण दल पर्वतले जनाएको छ । नेपाल तरुण दल केन्द्रिय समितिको आयोजना र पर्वत जिल्ला कार्यसमितिको संयोजनमा यहि बैशाख ६ र ७ गते हुने भेलामा ११ जिल्लाका  २ सय जना प्रतिनिधी सहभागी हुँदैछन् ।

एउटा जिल्लाबाट १५ जनाको दरले प्रतिनिधीहरु र केन्द्रिय नेताहरु पर्वतमा आउने भएकाले व्यवस्थापनको काम एक महिनादेखि चलिरहेको छ । अहिले आर्थिक संकलनको काम धमाधम भैरहेको तरुणदल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी राजले जानकारी दिनुभयो । आउने पाहुनाहरुलाई दुई दिनसम्म आवासको व्यवस्था र खाना खाजाको व्यवस्थाका लागि करिव ७ देखि ८ लाख लाग्ने अनुमान गरिएको छ । 

अहिलेसम्म ५ लाख रुपैयाँ रकम बोलकवोल भएपनि नगदै हात नपरेको अध्यक्ष ठकुरीले बताउनुभयो । सहयोग गर्न बाचा दिएका  सबै शुभेच्छुक हरुलार्इ रकम उपलब्ध गराउन उहाँले बिनम्रताका साथ अनुरोध  गर्नुभयो । भेलाले तरुण दलको आगामी रणनीति र माउ पार्टि नेपाली काँग्रेसको अवस्था सुधारमा महत्वपूर्ण निर्णय गर्ने तरुण दलले जानकारी दिएको छ । तरुण दलको भेलालाई केन्द्रिय नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । पर्वतको कुश्मा स्थित उद्योग बाणिज्य संघको हलमा उद्घाटन हुने कार्यक्रमको बन्दसत्र समेत सोहि हलमा गर्ने जिल्ला अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार ( राजनीति)