पर्वतका गणेश तिमिल्सिनाको नख्खु जेलदेखि राष्ट्रियसभा अध्यक्षसम्मको यात्रा
    6 months ago     423
पर्वतका गणेश तिमिल्सिनाको नख्खु जेलदेखि राष्ट्रियसभा अध्यक्षसम्मको यात्रा

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ । तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् । राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् 

को हुन तिमिल्सिना ?

तिमिल्सिना एमालेका पोलिटब्युरो सदस्य एवं प्रदेश ४ को सहसंयोजक हुन् । पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् ।

तिमिल्सनाले ओलीसँगै ४ बर्षे जेल जीवन बिताएका थिए । २०३६ सालमा रेडगार्डको सचिव बनेका उनले चार वर्षपछि पार्टीको सदस्यता पािए । २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव भए ।

२०४२ को बम काण्डपछि तिमिल्सिनाले ४ बर्ष जेल परे । तत्कालीन पञ्चायती सरकारले २०४२ देखि ०४६ सम्म लगातार ४ बर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगञ्ज, भऽगोल जेल र नख्खु जेलमा राखेको थियो ।

तिमिल्सिनासँगै जेलमा तत्कालीन कम्युनिष्ट नेताहरु केपी शर्मा ओली र हितकाजी गुरुङ थिए । २०४६ सालमा जेलबाट छुटेका उनी प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए । २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लागेका तिमिल्सिनालाई तत्कालिन सरकारले पक्राउ गरी ल्याउन टाउकोको मुल्य ५० हजार तोकेको थियो ।

अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी बनेका तिमिल्सिना २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्ऽीय सदस्य भए । उनी केन्ऽीय सदस्य बन्दा ओली सोही कमिटीका अध्यक्ष थिए ।
२०४७ सालमा माले मुस्ताङ्गको सचिव, ०४८ मा एमाले बागलुङ्गको सचिव, २०५४ मा भएको एमालेको छैटौ महाधिबेशनबाट बैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका तिमिल्सिना धौलागिरी अञ्चलको पार्टी इन्चार्ज बने ।

२०५९ सालमा जनकपुरमा भएको पार्टीको सातौं महाधिबेशनबाट केन्ऽीय सल्लाहकार बनेका उनी आठौं महाधिवेशनबाट केन्ऽीय सदस्य भए । तिमिल्सिनाले पर्वत जिल्ला संयोजकको रुपमा पार्टीको जिम्मेवारी सम्हालेका थिए । उनी पर्वतका जिविस सभापति पनि भएका थिए ।

na
सम्बन्धित समाचार ( राजनीति)