Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

283




गत आबको बजेट सार्वजानिक गर्न माग तरुण दलको माग
गत आबको बजेट सार्वजानिक गर्न माग तरुण दलको माग

साउन , पर्वत नेपाल तरुण दल फलेवास नगरपालिका शंकरपोखरीले वडामा संचालित योजना तथा खर्चको विवरण माग गरेको फलेवास नगरपालिकामा आर्थिक अनियमितता भएको जनगुनासो बढ्न थालेको भन्दै नेपाल तरुण फलेवास नगर कार्य समितिलेसबै वडाका वडा कार्य समितिलाई गत आर्थिक बर्ष २०७६/०७७ खर्च रकम तथा विकास निर्माणको हिसाव सार्वजानिक निर्देशन दिएको थियो


नगर कार्य समितिको निर्देशन सँगै वडामा गठन भएका वडा समितिले वडाको बजेट सार्वजानिक गर्न माग गदै बुधवार शंकरपोखरी वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको तरुण दलले  गत आर्थिक बर्ष २०७६÷०७७ मा खर्च बजेट   विकास निर्माण सम्बन्धी विवरण भावी रणनितिका विषयमा १५ दिनभित्र सम्पूर्ण जानकारी उपलव्ध गराईदिन माग गरेको अध्यक्ष सतिस रेग्मीले जानकारी दिनुभयो


वडाको विकासमा बिन्योजन भएको रकमवारे जान्न पाउनु प्रत्येक नागरिकको अधिकारी भएकाले आज हामीले वडा अध्यक्ष अर्जुनबहादुर कार्की समक्ष विवरण उपलव्ध गराईदिन माग गरेका छौँ’–अध्यक्ष रेग्मीले भने वडाको विकासमा चासो राख्नु सम्पूर्ण वडावासी नागरिकको अधिकारको कुरा भएकाले सोही अधिकार प्रयोग अध्यक्ष रेग्मीको भनाई  


नेपाल तरुण दल फलेवास नगरकार्य समितिले अहिले नगरका सबै वडामा गत आर्थिक बर्षको हिसाव सार्वजानिक गर्न माग गरेको नगरपालिकामा आर्थिक अनियमितता भएको आशंका गदै तरुण दलले वडा कार्यालय सँगै छिट्टै नगरपालिकामा पुगेर गत आवको बजेट हिसावकिताव सार्वजानिक गर्न माग गर्ने तयारी गरिरहेको नेपाल तरुण दल फलेवास नगरकार्य समितिका प्रवक्ता एवम् तरुण दल खानीगाउँका अध्यक्ष निर्मल बोहोराले जानकारी दिनुभयो


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( राजनीति)