नेपाल निजामजि कर्मचारी युनियन संघद्धारा विभिन्न व्यक्तिलाई सम्मान
    1 month ago     34
नेपाल निजामजि कर्मचारी युनियन संघद्धारा विभिन्न व्यक्तिलाई सम्मान

 चैत्र २८,पर्वत ।।प्रतिनिधी सभा सदस्य लालकाजी गुरुङलाई मंगलवार पर्वतमा सम्मान गरिएको छ । नेपाल निजामजि कर्मचारी युनियन संघ जिल्ला कार्य समिति पर्वतले प्रतिनिधी सभा सदस्य लालकाजी गुरुङ सहित नेपाल टे«ड युनियन काँग्रेस पर्वतका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र केसी, खुल्ला उपाध्यक्ष जानकी देवी शर्मा र कुश्मा नगरपालिकाका सुचना प्राविधिक अधिकृत राजिव रिमाललाई सम्मान गरेको हो ।

कुश्मामा भएको कार्यक्रमलाई सम्वोधन गदै  प्रतिनिधी सभा सदस्य लालकाजी गुरुङले जनताको आवश्यकता र चाहानालाई बुझेर काम गर्ने बताउनु भयो । जनताका धेरै अपेक्षा रहेको बताउँदै उहाँले आफुले सकेसम्म जनताका माग सम्बोधन गर्न तत्पर रहेको बताउनुभयो । उहाँले जस्तो सुकै परिस्थिती आएपनि बिचल्लीत नभई जनताको काम अठोट व्यक्ति गर्नुभयो । नेपाली काँग्रेस पर्वतका पूर्व सभापति समेत रहेको गुरुङ काँग्रेस निर्वाचनमा पराजित भएपनि बिचल्लीत नभई संगठन सुदृढिकरणमा लाग्न आग्रह गर्नुभयो ।

नेपाल निजामती कर्मचारी यूनियन संघका प्रदेश ४ का संयोजक शिवशर्मा अधिकारी, नेपाल टे«ड यूनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी लगायतले बोल्नुभएको थियो ।

नेपाल निजामती कर्मचारी यूनियन संघ पर्वतका अध्यक्ष धुर्व सुबेदीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रमको स्वागत केन्द्रिय प्रतिनिधी गोपाल आचार्य र सञ्चालन उपाध्यक्ष यामप्रसाद शर्माले गर्नुभएको थियो । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( राजनीति)