राप्रपा पर्वतद्धारा दृष्टिबिहीन विद्यार्थीलाई सञ्चारसामाग्री सहयोग
    5 months ago     130
राप्रपा पर्वतद्धारा दृष्टिबिहीन विद्यार्थीलाई सञ्चारसामाग्री सहयोग

पर्वत २७ पुस । पछिल्लो समय राजनीतिक दलहरु सञ्चारमैत्रि हुन थालेका छन् । यसको उदाहरण बिहीवार पर्वतको राष्ट्रिय प्रजातन्त्र पार्टीले देखाएको छ ।
राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा पर्वतले दृष्टिबिहीन बालबालिकालाई सञ्चार सामाग्री सहयोग गरेका छन् । सदरमुकाम कुश्माबजारमा रहेको शिवालय माविमा संचालित दृष्टिबिहीन कक्षामा अध्ययनरत विद्यार्थीलाई रेडियो सेट हस्तान्तरण गरेर एकता दिवस मनाइएको राप्रपा पर्वतका कार्यवाहक अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।
दृष्टिबिहीन भएपनि उनिहरुले रेडियोमार्फत देश, विदेशका सुचनाहरु सुन्न सकुन् भन्ने उद्धेश्यले एक थान रेडियो सेट सहयोग गरिएको पौडेलले बताउनुभयो । उक्त दृष्टिबिहीन छात्रवासमा अहिले ११ जना छात्र छात्रा रहेका छन् । उनिहरु विभिन्न संघ संस्थाको सहयोगमा उक्त विद्यालयमा पढ्दै आएका छन् ।
सो अवसरमा दृष्टिबिहीन शिक्षक हरिदत्त शर्माले आँखाले देख्न नसकेपछि देश भित्र र बाहिरका सूचनाहरु सुन्न मिल्ने सञ्चारसामाग्री दिएर ठुलो गुन लगाएको बताउनुभयो । उहाले उक्त रेडियो दृष्टिबिहीनहरुले भरपुर मात्रामा प्रयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा राप्रपाका सदस्य ठाकुरबम मल्लले एकता दिवसका बारेमा बोल्नुभएको थियो ।

24 sanchar
सम्बन्धित समाचार ( राजनीति)