पर्वतमा एसईई परीक्षाको तयारी पुरा
    5 months ago     113
पर्वतमा एसईई परीक्षाको तयारी पुरा


रोशन तिवारी चैत ६ पर्वत । आउँदो चैत्र ८ देखि सञ्चालन हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पर्वतमा पनि पुरा भएको छ । जिल्ला शिक्षा कार्यालय पर्वतले परिक्षाको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । परीक्षामा पर्वतबाट तीनहजार ४३ जना विद्यार्थी सहभागी हुनेछन् । जसमध्ये यो परीक्षामा १५ सय ३१ छात्रा र १५ सय १२ जना छात्र रहेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले  जानाकारी दिनुभयो । 

पौडेलका अनुसार वालविवाह गर्ने, पचहत्तर प्रतिशत हाजिरी नपुगेका र बिचैमा पढाई छाडेका ५३ जना परीक्षामा सहभागी हुन नपाउने भएका छन् । जिशिअ पौडेलले विगतका बर्षहरुभन्दा अझ बढि मर्यादित र व्यवस्थित तरिकाले परीक्षा संचालन गर्नेगरि तयारी गरिएको वताउँदै सबै सरोकारवालाहरुलाई सहयोगका लागि आग्रह गर्नुभयो । 

यो परीक्षामा नियमिततर्फबाट २८ सय ७९, एक्जाम्टेड तर्फबाट एकसय १५ र प्राविधिकतर्फ ४९ जना विद्यार्थीले भाग लिन लागेको विद्यालय निरिक्षक झकप्रसाद गौतमले वताउनु भयो । परीक्षा ८ गते विहान ८ बजेबाट शुरु हुने छ ।