जनकल्याण मा.बि.को स्वर्ण महोत्स शुरु
NA     3 months ago     65
जनकल्याण मा.बि.को स्वर्ण महोत्स शुरु

पर्वतको बिहादी गाँउपालिका वडा नं. १ स्थित जनकल्याण मा.बि.बाच्छाको स्वर्ण महोत्स शुरु भएको छ । बिधालय ५० औँ वसन्त पार गरि ५१ औँ बसन्तमा पाईला राखेको स्वर्णिम उल्लासमय घडिमा आयोजित स्वर्ण महोत्सव आईतवार देखी शुरु भएको हो ।

उक्त स्वर्ण महोत्सवको उद्घाटन प्रदेश नं. ४ का उधोग,पर्यटन,वन तथा वातारण मन्त्रि विकास लम्सालले गर्नुभएको छ । उद्धघाटन गर्दै मन्त्रि लम्सालले प्राबिधीकयुक्त गुणस्तरिय शिक्षालेनै मुलुक लाई समृद्धशाली बनाउन सक्ने बताउनुभयो । अन्य देशहरुले पनि प्राबिधीक तथा व्यवसायीक शिक्षा बाटनै उन्नति र प्रगति हासिँल गरेको चर्चा गर्दै अब नेपालमा पनि यस्तो प्रकारको शिक्षा आवश्यक रहेको बताउनुभयो

लम्सालले गरिवी र पर्छौटेपनको मुख्य कारण कमजोर शिक्षा भएको बताउदै गरिवी र पर्छौटेपनको निवारण प्राबिधीक तथा व्यवसायीक शिक्षाले मात्र गर्न सक्ने दाबी गर्नुभयो । उहाँले प्राबिधीक शिक्षा आजको आवश्यक्त भएको भन्दै अब क्षेत्र र भुगोल अनुसार प्रदेशमा कम्तिमा एउटा विश्व बिधालय र प्राबिधीक तथा व्यवसायीक महाविधालयहरु सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । शिक्षामा समान पहुँच गराई पर्यटन,वन जस्ता महत्वपुर्ण बिषयहरु पनि बिधालयमा औपचारिक रुपमा पठनपाठन गराउनुपर्ने धारणा राख्नुभयो । बिधालयको हित र समृद्धिको लागी स्वर्ण महोत्सवले समुदाय लाई सहि मार्गमा डो¥याउने तथा समुदायका बिद्यमान अवस्था र चाहाना लाई सफलीभुत तुल्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिहादी गाँउपालिका प्रमुख कमल प्रसाद भुषलले गाँउपालिकाको शिक्षामा अमुल परिर्वतन ल्याउने उद्घोष गर्नुभयो

http://phalewassandesh.com/story/2843