Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 months ago

615




ए–व्लेज युवा क्लवद्धारा बाच्छाका विपन्न परिवारलाई खाद्यान्न वितरण
ए–व्लेज युवा क्लवद्धारा बाच्छाका विपन्न परिवारलाई खाद्यान्न वितरण

पर्वत–कोरोना भाइरस संङक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण खाद्यान्न समस्यामा परेका यहाँका अति विपन्न तथा गरिव परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सामजिक कार्यमा सक्रिय पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रहेको ए–व्लेज युवा क्लवले सोही स्थानमा बसोवास गदै आएका अति विपन्न तथा गरिव परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । 

असहाय, अपाङगता भएका व्यत्ति तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्ति समस्यामा पर्न गई दैनिक खाद्यान्न सामग्री उपलव्ध हुन नसकेको अवस्थामा ए–व्लेज युवा क्लवले विपद व्यवस्थापन तथा सहयोगका लागि देउसी भैलो कार्यक्रमवाट संकलन गरेको रकमको १० हजार (व्याज) र बाच्छा बाह्रविसे निवासी क्याप्टेन लालवहादुर गुरुङका जेष्ठ सुपुत्र नरवहादुर गुरुङबाट प्राप्त १० हजार गरि ३५ जना परिवारलाई २० हजारको बरावरको खाद्यान्न सामग्री वितरण गरेको क्लवका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । 


मुलकु लकडाउनको यस विषम परिस्थितिमा मानवसेवाको उद्देश्यले यस अभियानलाई लकडाउन अवधिभर निरन्तर संचालन गरिने बस्नेतले बताउनु भयो । ‘यस अवधिमा सहयोग गर्न चाहानु महानुभावहरुले क्लव सँग सम्पर्क गरि सहयोग रकम  उपलव्ध गराउन हुनेछ,’–बस्नेतले भन्नुभयो । 

‘संकटको यस घडीमा हामीहरु सहयोगका लागि तत्पर थियौ, तत्पर छौं र रहने छौ,’ । साथै कोरोना भाइरसवाट नागरिकहरुलाई सुरक्षित र सचेत बनाउँदै आएको बताउँदै बस्नेतले  कोरोना नियन्त्रणका लागि प्रहरी र जनप्रतिनिधी सँग समन्वय गरेर काम गरेको दावी गर्नुभयो । 


सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)