Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1629




बिहादीवासीलाई खुशीको खवर : गण्डकी प्रदेशले विहादीमा प्रहरी चौकी स्थापना गर्ने
बिहादीवासीलाई खुशीको खवर : गण्डकी प्रदेशले विहादीमा प्रहरी चौकी स्थापना गर्ने

चैत्र , पर्वत गण्डकी प्रदेश सरकारले १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको बिहीबार बसेको मन्त्रिपरिषद बैकठले ११ जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए चौकी स्थापना गर्ने निर्णयसँगै बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयका दुई कार्यविधिसमेत पारित गरेको

स्थानीय तहमा एक प्रहरी चौकी अनिवार्य हुनु पर्ने व्यवस्थाअनुसार चौकी नभएका स्थानमा सरकारले चौकी स्थापना गर्ने निर्णय गरेको पौडेलले जानकारी दिएका हुन् चौकी निर्माण गर्न साढे करोड बजेट निकासा गर्ने निर्णय गरेको उनले बताए

स्याङ्जाको विरुवा कालीगण्डकी, मनाङको नार्पाभूमी, पर्वतको बिहादी, तनहुँको घिरिङ, बन्दीपुर आँबुखैरेनी गाउँपालिका बागलुङको गलकोट, लमजुङको क्वहोलासोथर दोदी, मुस्ताङको लोमन्थाङ, गोरखाको चुमनुब्री, म्याग्दीको रघुगंगासहित पूर्वी नवलपरासीको हुप्सेकोट विनयी त्रिवेणी गाउँपालिकामा प्रहरी चौकी राख्ने निर्णय भएको हो यस्तै गरी लमजुङको सुन्दरबजार नगरपालिकामा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो

 काठे पोल विस्थापित गर्ने

 यसैगरी मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र रहेका बिजुलीका काठे पोल हटाएर स्टीलको पोल राख्न आवश्यक कार्यविधि पारित गरेको प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रदेशभित्रका बिजुलीका काठोपोल विस्थापित गर्ने उल्लेख गरेको थियो

 सोलार जडान गर्न ८० प्रतिशत अनुदान

प्रदेशभित्र बिजुली नपुगेका स्थानका बासिन्दालाई सोलार जडान गर्न ८० प्रतिशतसम्म अनुदान दिने भएको यसका लागि बैठकले घरेलु सौर्य प्रविधी  जडान कार्यविधि २०७५ पारित गरेको हो । प्रदेश सरकारले आगामी दुई वर्षभित्र हरेक घरमा बिजुली पुर्।याउने नीति लिएअनुसार बिजुली नपुगेका स्थानमा स्थानीय तहको समन्वयमा सोलार जडान गर्ने कार्यविधि बैठकले पारित गरेको हो

सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)