भवानी बिद्यापिठ माविमा आईसीटि ल्याव स्थापना
    3 months ago     867
भवानी बिद्यापिठ माविमा आईसीटि ल्याव स्थापना

बैशाख ४, पर्वत । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको जिल्लाकै नमूना बिद्यालय भवानी बिद्यापिठ माविमा सुचना तथा प्रबिधि प्रयोगशाला अर्थात आईसिटि ल्याब सञ्चालनमा आएको छ । विद्यार्थिहरुलाई प्रविधिबाट नजिक गराउन तथा विश्व जगतमा भएका हरेक कुरा ईन्टरनेटको माध्यमबाट पठन पाठन गराउने उद्देश्य सहित आईसिटि ल्याब सञ्चालन गरिएकोे हो ।

क्यान हेल्प नेपालको १० लाख, फलेवास नगरपालिकाको ५ लाख, रोटरी क्लव अफ पर्वतको १ लाख  गरी १६ लाख र बिद्यालयको स्रोत बाट कुल २० लाखको लागतमा स्थापना गरीएको आईसिटि ल्याब सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको हो । आईसिटि ल्याबमा हाल २० वटा ल्यापटपहरु रहेका छन, भने विद्यालयका सवै बिद्यार्थीलाई नियमित रुपमा प्रविधिको माध्यमवाट प्रयोगात्मक शिक्षा दिईने बिद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै फलेवास नगरकार्यपालिका प्रमुख पदमपाणि शर्माले शैक्षिक क्षेत्रको सुधार विना विकास सम्भब नभएकोले नगरपालिकाले शिक्षामा सवै भन्दा बढि लगानी गरेको बताउनु भयो । शर्माले सरकारी विद्यालयको शैक्षिक र सांगठनिक पुर्नसंरचना आवस्यक रहेको औल्यानुभयो । उहाँले शिक्षकहरुलाई दक्ष बनाउन र नगरभित्रका सवै विद्यालयमा अग्रेजि माद्यमबाट पठनपाठन संचालन गर्न शिक्षकहरुलाई अंगे्रजी माध्यमको तालिम दिई यसै शैक्षिक सत्रवाट कक्षा एक सम्म अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था गरिएको बताउनु भयो ।

कार्यक्रममा क्यान हेल्प अस्टे«लियाका सिइओ डाक्टर ग्राम करिले विश्वको ठुलो लाईबे्ररी स्थापना भएको भन्दै यसको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो । बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष भोलनाथ शर्माले करिब एक बर्ष अघि क्यान हेल्प नेपालका सस्थापक प्रभाराज भण्डारी सगँको भेट भएको र  उहाँहरुको सहयाग बाटै आईसिटि ल्याब स्थापना गर्न संम्भब भएको बताउनु भयो ।

कार्यक्रममा क्यान हेल्प नेपालका सस्थापक प्रभाराज भण्डारीले गुणस्तरीय शिक्षाको लागि शैक्षिक परिवर्तन आवस्यक रहेको बताउनु भयो । यसै गरी कार्यक्रममा फलेवास नगरपलिकाका शिक्षा अधिकृत कृष्णबहादुर श्रेष्ठ, रोटरी क्लब अफ पर्वतका अध्यक्ष विप्लब हमाल, धु्रर्ब नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसीराम तिवारीले पनि बोल्दै सामुदायिक बिद्यालयको गुणस्तर बृद्धि गनुर््पर्नेमा जोड दिनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमपाणी भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मी र सञ्चालन शिक्षक लक्ष्मीनारायण शर्माले गर्नुभएको थियो ।