विद्यालयमा इन्टरनेट सेवा जडान
    3 months ago     254
विद्यालयमा इन्टरनेट सेवा जडान

 बैशाख ७, पर्वत । पर्वतको एक सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा अवस्थित जनता माध्यमिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको हो ।

सूचना तथा सञ्चार प्रविधिवाट विद्यार्थीलाई नजिक ल्याउन इन्टरनेट सेवा जडान गरिएको हो । इन्टरनेट जडानका लागि सोही विद्यालयमा करिव ४० बर्ष सेवा गर्नुभएकी निबृत्त शिक्षिका खिलकुमारी श्रेष्ठ र उहाँका श्रीमान नरेश श्रेष्ठले सहयोग गर्नुभएको थियो ।

श्रेष्ठ दम्पती देविस्थान निवासी हुन् । विद्यालयमा इन्टरनेट सेवा जडान भएपनि विद्यालयका शिक्षक र विद्यालयका झ०डै ३ सय विद्यार्थी लाभान्वित भएको विद्यालयका प्राचार्य लालप्रसाद शर्माले जानकारी दिनुभयो ।

वि.सं २०१३ सालमा स्थापना भएको विद्यालयले नयाँ शैक्षिक शत्र शुरु भएसँगै नयाँ प्राविधि जडान गर्नुका साथै शिक्षण विधिलाई समेत प्रभावकारी बनाएर लैजाने उद्घोष गरेको छ ।