Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1527




बालवालिका हेरचाह केन्द्र बनाउन प्रवासीबाट सहयोग
बालवालिका हेरचाह केन्द्र बनाउन प्रवासीबाट  सहयोग

साजन परियार चैत्र २४, पर्वत ।।पर्वतको मोदीगाउँपालीका २ मखको शिवशक्ति आधारभुत बिद्यालयमा निमार्णाधीन चाईल्ड केयर  अर्थात बालवालिका हेरचाह केन्द्रको भवन बनाउन प्रवासीबाट ३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

सेन्टर क्यावीन कलेज अष्ट्रेलियाका १३ जना बिद्यार्थीहरुले रकम प्रदान गरेका हुन् । उनीहरुले रकम संगै श्रमदान पनि ३ दिनसम्म श्रमदान पनि गरेका हुन् । बालवालिकाको शिक्षा र जीवनयापनमा सहयोग गर्ने गरि बन्दै गरेको १ कोठे हल सहितको भवनका लागि विदेशमा अध्ययन गर्ने बिद्यार्थीहरुले खाजा खर्च कटाएर सहयोग गरेका हुन् ।

सहयोगदाताहरुलाई बिद्यालयले आज सम्मान गरेको छ । सहयोगदाताहरुको सहयोग ग्रहण संगै सम्मान गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर कार्किले बताउनुभयो । यसैविच बिद्यालयमा आज पहिलो समुहलाई बिदाई संगै अर्को समुहलाई  स्वागत गरिएको छ ।

चाईल्ड क्यर  भवन निमार्ण भए संगै सो आधारभुत बिद्यालयमा अंग्रेजी माध्यमको पढाई हुने भएको छ । शिवशक्ति आधारभुत बिद्यालय व्यब्स्थापन समितीका अध्यक्ष मन बहादुर कार्कीको अध्यक्षतामा समपन्न भएको कार्यक्रमको संञ्चालन ज्ञानेन्द्र बहादुर क्षेत्रीले गरेको सहकर्मी जीवन्धर शर्माले जानकारी दिनुभयो ।

तस्वीरमा सेन्टर क्यावीन कलेज अष्ट्रेलियाका विद्यार्थीहरु ः तस्वीर जिवनन्धर शर्मा 

सम्बन्धित समाचार (मोदी गाउँपालिका )