Correspondent, ParbatNepal
8 years ago
2512
विकासराज पौडेल फागुन २९ पर्वत । शिवालय माध्यमिक विद्यालयको आयोजना ,कुश्मा नगरपालिका ६ र समाज कल्याण स्रोत विकास केन्द्र पर्वतको संयोजनमा तालिम सञ्चालन गरिएको हो ।दृष्टिविहिन शिक्षकलाई दक्ष वनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । तालिमको उद्घाटन कुश्मा नगरपालिका वाड न ६ का वडा अध्यक्ष रुद्र गिरीले गर्नुभएकोथियो ।
उद्घाटन गर्दै गिरीले पहिले शिक्षक दक्ष वने मात्रै विद्यार्थी लाई राम्रो संग सिकाउन सक्ने वताउनुभयो र तालिम अवधिभर राम्रो ज्ञान हासिँल गर्न सम्पुर्ण दृष्टिविहिन शिक्षकलाई आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष इश्वर गिरी,समाज कल्याण स्रोत विकास केन्द्रका कार्यक्रम अधिकृत ऋषिराम शर्मा लगायतले आफ्ना धारणा राख्नुभयो ।
तालिममा शिवालय मा.वि.का २५ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिममा दृष्टिविहिन विद्यार्थीलाई शिक्षण गर्ने विधि बे्रल लिपि वारेमा सिकाइने छ ।१० दिन सम्म सञ्चालन हुने तालिमको मुख्य प्रशिक्षक शिवालय दृष्टिविहिन स्रोत केन्द्रका स्रोत शिक्षक पुर्ण हरी रेग्मी रहनुभएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष इश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक भुपेन्द्र चापागाईले गर्नुभएको थियो । तालिम चैत्र ७ गते सम्म सञ्चालन हुने छ ।
