कालिगण्डकी एकेडेमीको बार्षिकोत्सव
    3 months ago     84
कालिगण्डकी एकेडेमीको बार्षिकोत्सव

रोशन तिवारी फागुन २४ पर्वत । पर्वतको कुश्मामा रहेको कालिगण्डकी एकेडेमीको २२ औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको छ । बिद्यालयको बार्षिकोत्सवमा बिभिन्न शैक्षिक कार्यक्रम सहित पुरस्कार बितरण गरिएको छ । बिद्यालयमा शैक्षिक प्रर्दशनी तथा मनोरञ्नात्मक कार्यक्रमहरु पनि भएका छन् । 

बाषर््िाक उत्सवको उद्घाटन गर्दै कुश्मा नगरपालीकाका मेयर रामचन्द्र जोशीले अवको शिक्षा जीवन उपयोगी हुनुपर्ने बताए । प्रत्येक बिद्यालयले अवका दिनमा प्राबिधीक शिक्षालाई जोड दिनुपर्ने जोशीले धारणा राखे । उनले हरेक सरकारी बिद्यालय र निजि बिद्यालयले एक आपसमा साझेदारी गर्नुपर्ने आवश्यकता औल्याँए । 

बिद्यालयको बार्षिकोत्सवको अबसरमा कुश्मा नगरपालिकाका उपमेयर सिता काफ्ले लामिछाने,जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल,प्याव्सन पर्वतका पूर्व अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री,कुश्मा नगरपालीका ४ का वडाध्यक्ष मिना कर्माचार्य, ५ का वडाध्यक्ष चित्रकला शर्मा, ६ का वडाध्यक्ष रुद्र गिरी,शिक्षाबिद् बसन्तबहादु्र सि.के, डा.चुडामणी शर्मा,पृथ्बीनारायण शर्मा, शिवालय स्रोत केन्द्रका स्रोत ब्यक्ति प्रेमप्रसाद सुवेदी,बिद्यालयका बिद्यार्थी र अभिभावकले मन्तव्य राखेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य प्रिन्सिपल बसन्तकुमार कर्माचार्यले राखेका थिए । 

प्यावसन पर्वतका अध्यक्ष तथा बिद्यालयका प्रिन्सीपल बसन्त कमाचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भाईस प्रिन्सीपल गोबिन्द पौडेल र बिद्यार्थीहरु पुष्पा,बिपना र अर्चनाले गरेका थिए । बार्षिकोत्सवको अबसरमा शिक्षण सिकाईको प्रभावकारीता बारेमा परिक्षण गरिएको छ । 

दि वाच लर्निङ मार्ट’ पोखराको तर्फबाट बिद्यालयको सिकाई स्तरको बारेमा परिक्षण गरिएको हो । विबद्यालयले बिहिबार मनाएको बार्षिकोत्सवको अवसरमा उक्त परिक्षण गरिएको हो । ‘दि वाच लर्निङ मार्ट’ पोखराका निर्देशक अनिल लामिछानेले बिद्यार्थीहरुमा सिकाईको स्तर उत्कृष्ठ रहेको नतिजा सार्वजनिक गरे । बिद्यार्थीको रुची र बौदिकता अनुसार अपनाउने बिधि उक्त बिद्यालयमा लागु भएको थियो । यसले बिद्यार्थीमा कस्तो परिवर्तन आयोे, बौदिकतामा के परिबर्तन आयो लगायतका गतिबीधीको प्रशिक्षण गरिएको लामिछानेले बताए । 

उनले ‘अबाक्स’को माध्यामबाट बैज्ञानिक पढाई गर्न सकिने,गणित शिक्षामा पोख्त बनाउन सकिने सिपको बारेमा जानकारी दिएका थिए । कालिगण्डकी एकेडेमी यस क्षेत्रका संस्थागत बिद्यालय मध्येको अव्वल बिद्यालयको रुपमा परिचित छ । चुस्त व्यवस्थापन, दक्ष शिक्षक, अभिभावकहरु संग नियमित सम्पर्क, लगनशिल बिद्यार्थीका कारण बिद्यालयले अव्वल नतिजा हासिल गर्दै आएको छ । 


सम्बन्धित समाचार (जिल्ला )