Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2251




शिबालय बहुमुखी क्याम्पसको सातौँ बार्षिकोत्सव
शिबालय बहुमुखी क्याम्पसको सातौँ बार्षिकोत्सव



पर्वत ११ फागुन । सदरमुकाम कुश्मामा रहेको शिबालय बहुमुखी क्याम्पसको सातौँ बार्षिकोत्सव कार्यक्रम बिबिध कार्यक्रम गरि सम्पन्न गरिएको छ । क्याम्पसले सप्ताहव्यापी खेलकुद र अतिरिक्त कृयाकलाप सहित शुक्रवार मूल समारोह आयोजना गरेर बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सव एवं चौथो साधारणसभाका अवसरमा १२ कोठे भवनको शिलन्यास समेत भएको छ । 

प्रतिनिधी सभा सदस्य पदम गिरीले भवनको शिलन्यास गरेका छन् । शिवालय बहुमुखी क्याम्पसका प्रमुख कमलनाथ शर्माका अनुसार १ करोड ७७ लाखको लागतमा बिद्यालय भवन निर्माण हुन लागेको हो । दुई तलामा १२ वटा कक्षाकोठा रहने भवनको निर्माण कार्य दुईवर्ष भित्र सक्ने लक्ष्य रहेको छ । पहिलो वर्ष १ करोड २० लाखमा भवनको निर्माण कार्य शुरु गरिने छ भने दोस्रो वर्ष बाँकि रकम लिएर काम पुरा गरिनेछ ।


 

भवन शिलन्यास एवं क्याम्पसको बार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले गुणस्तरिय शिक्षा जिल्लाभित्रै सञ्चालन गर्ने कुरामा सबैजनाले चासो दिनुपर्ने बताए । जिल्लाभित्र अहिले पनि स्नातक तहको अध्यापन नभएको यथार्थता रहेको चर्चा गदै गिरीले स्नातक तहको कक्षा सञ्चालन गर्ने योजना वनाएर आए आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले अहिले पनि व्यबहारिक र व्यवसायिक शिक्षाको अभाव रहेको वताउँदै राज्यले अव व्यहारिक र व्यवसायिक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । अहिले शैक्षिक वेरोजगार देशमा वढ्दै गएको भन्दै गिरीले अव पढेका मान्छेलाई देशमै वसेर केहि न केहि अर्थोपार्जन गर्ने बातबरण वनाईने वताए । साँसद गिरीले अब बन्ने सरकारले शिक्षामा आमुल परिवर्तन ल्याउने खालका योजना ल्याउने पनि दावी गरे । 

क्याम्पसको बार्षिकोत्सव समारोहमा बिभिन्न अतिरिक्त कृयालापका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने क्याम्पसलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसको वार्षिक प्रतिवेदन क्याम्पस प्रमुख कमलनाथ शर्माले प्रस्तुत गरेका थिए । 


उक्त कार्यक्रममा प्रदेश सभाका समानुपातिक साँसद जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, सहायक प्रजिअ डिल्लीराम शर्मा, नेकपा एमालेका जिल्ला उपाध्यक्ष भक्त कुँवर, गुप्तेश्वर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशी, सोहि क्याम्पसका प्रमुख सुभास पन्त, शिबालय माविका अध्यक्ष ईश्वर गिरी, पूर्व क्याम्पस प्रमुख डा. चुडामणी शर्मा, क्याम्पस सञ्चालक समितिका सदस्य तोयानाथ चालिसे , नमूना आवासिय माविका प्रिन्सीपल ईन्द्रमान खत्री लगायतले बोलेका थिए । कार्यक्रमको स्वागत पूर्व अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक बिष्णु नेवार र विद्यार्थी समिक्षा पौडेल र सूर्य सुबेदीले गरेका थिए भने सञ्चालन प्राध्यापक लेखनाथ उपाध्यायले गरेका थिए । 


सम्बन्धित समाचार (जिल्ला )