Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2564




युग अनुसारको शिक्षा आवश्यकताः सुवेदी
युग अनुसारको शिक्षा आवश्यकताः सुवेदी

पर्वत ।  नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेृश नम्बर का उपाध्यक्ष डिल्लीराम सुवेदीले युग अनुसारको शिक्षा विद्यार्थीको क्षमता अनुसारको पाठ्यक्रम तयार गरेर शिक्षा दिनुपर्नेमा जोड दिनुभएको

केन्द्रीय उपाध्यक्ष सुवेदीले नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाईद्वारा वुधवार विहान आयोजना गरिएको पुरस्कार वितरण तथा वक्तित्वकला प्रतियोगिताको कार्यक्रमका अवसरमा उक्त कुरा वताउनु भएको हो उहाँले नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाकालदेखि नेपालको शैक्षिक विकास गुणस्तरीय शिक्षाको साथै हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको वताउँदै नेवि संघको अबको प्रमुख लक्ष्य भनेको हरेक विद्यालय क्याम्पसमा व्यवसायिक शिक्षा, स्वरोजगार मुलुकको समृद्धि रहेको वताउनु भएको थियो उपाध्यक्ष सुवेदीले राज्यले हरेक व्यक्तिलाई उसको क्षमता अनुसारको शिक्षा दिनुपर्नेमा जोड दिनुभएको थियो


 सोही कार्यक्रममा नेपाल विद्यार्थी संघका सहमहामन्त्री हरिहर शर्माले आजपनि शिक्षामा ठूलो विभेद रहेको वताउदै सबै देशका सबै नागरिकहरुले आफूले चाहेको शिक्षा आर्जन गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो सहमहामन्त्री शर्माले नेवि संघले अब हरेक स्थानीय तहबाटै नयाँ युग अनुरुपको शिक्षाका लागि बहश प्रारम्भ गर्न लागेको जानाकारी समेतदिनुभएको थियो

 

नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहमुखी क्याम्पस इकाई समितिका सभापति शिशिर पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेवि संघका केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौंडेल, क्याम्पस प्रमुख सुभास पन्त, नेवि संघ पर्वतका उपाध्यक्ष रामप्रसाद पौडेल आरसी, भुतपूर्व विद्यार्थी समाज गुप्तेश्वर बहुमुखी क्याम्पसका सचिव तथा नेपाल विद्यार्थी संघ पर्वतका उपाध्यक्ष किसोर सुवेदी, आरआरका स्ववियु सदस्य सुनिल शर्मा, गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिशिर क्षेत्री, प्राध्यापक, नवराज शर्मा,लगायतले शिक्षाको विकासका लागि विद्यार्थीको भूमिकाको विषयमा बोल्नुभएको थियो

कार्यक्रममा प्रजातन्त्र दिवसको अवसर पारेर नेवि संघ क्याम्पस इकाईले आयोजना गरेका विभिन्न प्रतियोगिता तथा बर्षभरी गरेका विभिन्न प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो कार्यक्रममा स्वागत मन्तव्य नेवि संघ क्याम्पस इकाइका उपाध्यक्ष अमृत पोखरेल कार्यक्रमको संचालन सचिव सन्तोष पाठकले गरेका थिए

सम्बन्धित समाचार (जिल्ला )