Correspondent, ParbatNepal
8 years ago
1918
फागुन ७ पर्वत । प्रदेश नं ४ कै उत्कृष्ट बिद्यालयको रुपमा पुरस्कृत भएको कुस्माबजारमा सञ्चालित नमुना आवासिय माबिले २९ औ बार्षिकोत्सब मनाएको छ ।
नमुना आवासिय माबिले सोमबार बिभिन्न कार्यक्रमका साथ स्थापनाको २९ औ बार्षिकोत्सब मनाएको हो ।
बिद्यालयको बार्षिकोत्सबको कुस्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले उद्घाटन गरिन । उद्घाटन गर्दै उपप्रमुख लामिछानेले निजी बिद्यालयबाट ब्यबस्थापिक कुरा सामुदायिक बिद्यालयले पनि सिक्नुपर्ने कुरामा जोड दिइन । निजी बिद्यालयहरुले शैक्षिक बिकासमा दिएको योगदानको चर्चा गर्दै काफ्लेले उनीहरुको योगदानलाई कम आँक्न मिल्दैन भनिन ।
कार्यक्रममा कुस्मा नगरपालिकाका स्रोतब्यक्ति कुमार उपाध्याय, निजी तथा आवासिय बिद्यालय अर्गनाईजेसन९प्याब्सन पर्वत०का अध्यक्ष बसन्तकुमामर कर्माचार्य, अभिभावक तथा प्रेस चौतारी नेपालका पुर्ब केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, बिरेन्द्र माबिका शिक्षक गणेश पौडेल, बिद्यार्थी इशा गुरुङ्ग लगायतले बिद्यालयको सफलताका लागि शुभकामना दिएका थिए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सीपल इन्द्रमान खत्रीले बिद्यालयको शैक्षिक प्रगति र आगामी योजना पेश गरेका थिए भने भाईस प्रिन्सीपल खेमनाथ शर्माले सञ्चालन तथा शिक्षीका लक्ष्मी क्षेत्रीले स्वागत गरेकी थिइन । बार्षिकोत्सब समारोहमा संघ तथा प्रदेशसभा र स्थानिय तह निर्वाचनमा बिजयी भएका बिद्यालयका अभिभावकहरु तथा पुर्ब बिद्यार्थी एबम बरेङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा। सन्दिप शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रर्दशन गरे भने बिद्यालयका परिक्षा र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।
नमुना ।आवासिय माबि २०४५ मा पर्वतको डिमुवाबजारमा स्थापना भएको थियो । बिद्यालयलाई शसस्त्र द्वन्द्वको समयमा बिस्थापित भएपछि सदरमुकाम कुस्मामा सञ्चालन हुँदै आएको छ । यो बिद्यालयले २०५६ देखि प्रबेशिका परिक्षामा सामेल भएको थियो । बिद्यालयबाट अहिले सम्म ५ सय १३ जना बिद्यार्थी सामेल भएकोमा सबै बिशिष्ठ र प्रथम श्रेणीमा उत्तीर्ण भएका छन । बिद्यालयबाट उत्पादित जनशक्ति मध्ये ५ जनाले बिद्याबारिधी, १५ जना एमबिबीएस, ३४ जना इन्जिनियर र ११ जना चार्टडएकाउण्टेण्ट भैसकेको बिद्यालयले जानकारी दिएको छ ।
