गुप्तेश्वर क्याम्पसले मनायो वार्षिकोत्सव
    6 months ago     116
गुप्तेश्वर क्याम्पसले मनायो वार्षिकोत्सव



रोशन तिवारी माघ २५ पर्वत । पर्वतको सदरमुकाम कुश्मावजारमा रहेको गुप्तेश्वर वहुमुखी क्याम्पसको २६ औँ वार्षिकत्सव तथा २४ औँ साधारण सभा सम्पन्न भएको छ । २१ गतेवाट शुरु भएको वार्षिकत्सवको अवसरमा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । 


उक्त अवसरमा क्याम्पसले आयोजना गरेको वार्षिकी प्रतियोगितामा विजेता विद्याथीएहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको उद्घाटन चन्दादाता तथा समाजसेवी कृष्णवहादुर जोशीले गर्नुभएको थियो । उद्घाटन शत्रमा बोल्दै उहाँले क्याम्पस सबैको साझा सम्पती भएको बताउँदै यसको भौतिक विकास सँगै शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भयो । 


कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशी र क्याम्पस प्रमुअ सुवास पन्तले छुट्टाछुट्टै बार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्ष लोकनाथ आचार्य, शिवालय क्याम्पसका अध्यक्ष गोविन्द पहाडी, शिक्षाविद् बसन्तवहादुर सिके, क्याम्पसका निर्वतमान अध्यक्ष मथुराकुमार जोशी, कुश्मा नगरपालिका –४ का वडा अध्यक्ष मिना कर्माचार्य, निमित्त जिल्ला समन्वय समितिका किसानवहादुर क्षेत्री, जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा पौडेल, जिल्ला शिक्षा कार्यालय पर्वतका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछाने, बाह्मकुमारी ईश्वरीय विश्वविद्यालयका राधिका दिज्यु, भूतपूर्व विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस अध्यक्ष केदारनाथ आचार्य, गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिशिर क्षेत्री, अनेरास्ववियुकाका कार्यवाहक अध्यक्ष इश्वरी भुषाल, नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका सभापति शिशिर शर्मा पौडेल लगायतले बोल्नुभएको थियो । 


गुप्तेश्वर बहुमुखी क्याम्पससञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस सञ्चालक समिति सदस्य उमादेवी कुमाल र कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख ओमकार गिरीले गर्नुभएको थियो ।