गुप्तेश्वर क्याम्पसमा स्नातकोत्तर कक्षा तयारी
    3 months ago     97
गुप्तेश्वर क्याम्पसमा स्नातकोत्तर कक्षा तयारी


माघ २५ पर्वत । पर्वतको सदरमुकाम कुश्मावजारमा रहेको गुप्तेश्वर वहुमुखी क्याम्पसले स्नातकोत्तर कक्षा ९डिग्री० सञ्चालन गर्ने तयारी गरेको छ । अहिलेसम्म पर्वतका कुनै पनि क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गरिएको छैन । विद्यार्थीहरुको माग, युगको माग र अभिभावकहरुको चाहना अनुसार क्याम्पसले डिग्री सम्मको अध्ययन शुरु गर्ने तयारी भएको हो ।

क्याम्पसले वुधबार वार्षिकोत्सव मनाउने क्रममा यस्तो जानकारी गराएको छ । क्याम्पसले वुधबार २६ औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीले वार्षिक कार्यक्रम र आगामी कार्यक्रमको खाका प्रस्तुत गर्दै क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनको तयारी भएको जानकारी दिए । क्याम्पसको भौतिक विकास, आर्थिक स्रोत व्यवस्थापन र शैक्षिक उन्नयनका लागि उनले १० वुँदे  आगामी कार्यनीति समेत सार्वजनिक गरेका छन् ।

स्नातकोत्तर कक्षा सञ्चालन गर्ने हेतुले क्याम्पसले सबै तयारी पुरा गरेर सम्वन्धन लिने तयारीमा रहेको क्याम्पस प्रसासनले जानकारी गराएको छ । अहिलेसम्म स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय सञ्चालनमा रहेको छ । स्नातक उत्तिर्ण भएका विद्यार्थीहरु अहिले पोखरा, वागलुङ वा राजधानी जानुपर्ने वाध्यता रहेको छ । ‘वर्षेनी जिल्लावाट विद्यार्थीहरु वाहिर जाने कुरालाई हामीले रोक्न डिग्री कक्षा चलाउने योजना वनाईरहेका छौँ,’ क्याम्पस प्रमुख सुवास पन्तले भने,‘ हामी संग अरु सबै पूर्वाधार तयार छन् सम्वन्धन लिने र प्राध्यापकहरुको व्यवस्थापन गर्ने कुरा मात्रै वाँकि रहेको छ । ’ क्याम्पसमा प्रर्याप्त भवन र फर्निचर रहेका छन् । विद्यार्थीहरुको पनि खासै समस्या छैन । क्याम्पस प्रमुख पन्तले भने–‘ हामीले सबै पक्ष संग समन्वय गरिरहेका छौँँ ।’

क्याम्पसले छात्रावासको व्यवस्था गर्ने तयारी पनि गरेको छ । त्यस्तै विभिन्न दाताहरुको खोजी गर्ने, जिर्ण रहेका भवनहरुको पुननिर्माण गर्ने, क्याम्पसको हातामा रहेको मैदानलाई खेलमैदानको रुपमा उपयोग गर्ने, मुलद्धारलाई आकर्षक वनाएर पुननिर्माण गर्ने, पुस्तकालयलाई व्यवस्थित गर्ने जस्ता कार्ययोजना तय गरेको छ । क्याम्पसले हालै विश्व विद्यालय अनुदान आयोगवाट गुणस्तर सुनिश्चित प्रत्यायन प्रमाणपत्र लिने तयारीमा रहेको गरेको छ । त्रिभुवन विश्व विद्यालयवाट २०४८ सालमा गुप्तेश्वर वहुमुखी क्याम्पसले सम्वन्धन प्राप्त गरि क्याम्पस सञ्चालन गर्दै आएको छ । यहाँ पर्वत जिल्ला र छिमेकी जिल्ला वागलुङका विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । यो क्याम्पस जिल्लाकै पुरानो क्याम्पस भएर पनि आजसम्म स्नाकोत्तर सञ्चालन गर्न नसकेकोमा अभिभावकहरुले गुनासो गर्दै आएका छन् ।

क्याम्पसमा विहिवार आयोजित वार्षिकोत्सवमा पनि अभिभावकहरु र यहाँका शिक्षाप्रेमीहरुले क्याम्पस प्रसासनको चासो हुने हो भने डिग्री कक्षा चलाउन सकिने वताएका थिए । आर्थिक, भौतिक र नैतिक सहयोगका लागि तयार रहेको अभिभावक तथा शिक्षाप्रेमीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । आजको समाधान दैनिकमा खबर रहेको छ । 


सम्बन्धित समाचार (जिल्ला )