पर्वत आज साक्षर जिल्ला घोषणा हुदै
    6 months ago     125
पर्वत आज साक्षर जिल्ला घोषणा हुदै


रोशन तिवारी माघ १८, पर्वत । पर्वत जिल्लालाई आज एक समारोहका विच साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लाका सबै ६१ वटा वडा घोषणा गरेपछि आज जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । जिल्ला मुल समारोह समिति वनाएर साक्षर जिल्लाको तयारी गरिएको छ ।

मुल समारोह समितिले सबै तयारी पुरा भएको जनाएको छ । वान्द्रेविँडिचौरमा कार्यक्रम गरेर जिल्लालाई साक्षर वनाउने कार्यक्रम रहेको छ । जिल्लाका १५ देखी ६० बर्ष उमेर समूहका ९६.९३ प्रतिशत जनसंख्या साक्षर भएपछि पर्वतलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो । 

११ जिल्ला रहेको प्रदेश नम्बर ४ मा पर्वत वाहेक अन्य १० जिल्ला यसअघि नै साक्षर घोषणा भैसकेका छन् । पर्वत सहित ४ नम्बर प्रदेश नै साक्षर वन्ने छ । राष्ट्रिय अभियान अन्र्तगत २०६८ बाट साक्षर घोषणा गर्ने कार्यक्रम लागु भएपनि पर्वतमा भने आर्थिक बर्ष २०७०÷७१ वाट मात्र यो कार्यक्रम शुरु भएको थियो ।

जिल्लामा साविकको वनौ गाविसलाई २०७० जेठ २६ गते साक्षर घोषणा गरेर अभियानको थालनी गरिएको थियो । पहिलो वर्ष २०७०÷७१ मा ५ वटा साविकका गाविस घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७१÷०७२ मा १०, २०७२÷०७३ मा ३५,२०७३÷०७४ मा ११ वटा वडा साक्षर घोषणा गरिएको थियो । जिल्ला शिक्षा कार्यालयका अनुसार सबैभन्दा वढि साक्षरता दर साविकको त्रिवेणी गाविसमा रहेको छ । उक्त गाविसमा ८ जनामात्रै निरक्षर रहेका छन् भने साविकको भुकताङ्लेमा सबैभन्दा कम साक्षरता दर रहेको छ । भुकताङलेमा १३२ जना निरक्षर रहेका छन् । 

यो वर्ष १ हजार १ सय २२ जनालाई साक्षर वनाउने जिल्ला शिक्षा कार्यालयको लक्ष्य रहेको छ ।  आर्थिक वर्ष ०७४÷०७५ मा गरिएको सर्वेक्षणमा पुरुष साक्षर संख्या ३२ हजार ३ सय ३६ र महिला साक्षर संख्या ४८ हजार ३ सय ४८ रहेको छ । राष्ट्रि«य मापदण्ड अनुसार ९५ प्रतिशत जनसंख्या साक्षर भएमा साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको छ ।