Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1878




पर्वत जिल्ला साक्षर जिल्ला घोषणा हुँदै
पर्वत जिल्ला साक्षर जिल्ला घोषणा हुँदै



रोशन तिवारी माघ १० पर्वत -पर्वत जिल्लालाई यहि माघ १८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । त्यसका लागि सबैजसो तयारी तिव्र रुपमा अगाडी वढेको छ । जिल्ला शिक्षा कार्यालयले साक्षर जिल्ला घोषणा गर्नका लागि मुल आयोजक समिति गठन गरेर तयारी तिव्र पारेको छ । 


जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलको संयोजकत्वमा मुल समारोह समिति गठन गरेर तयारी अगाडी वढाइएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो । १५ देखि ६० वर्ष उमेर समुहका व्याक्तिहरु पढ्न, लेख्न र हस्ताक्षर गर्न सक्षम भएपछि जिल्लालाई साक्षर गर्न सक्ने प्रावधान रहेको छ । 


जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाको साक्षरता प्रतिशत भने ९६.९३ रहेको छ । १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्यामा ४ हजार १ सय ७४ जना निरक्षर रहेका छन् । आर्थिक वर्ष ०७४÷०७५ मा गरिएको सर्वेक्षणमा पुरुष साक्षर संख्या ३२ हजार ३ सय ३६ र महिला साक्षर संख्या ४८ हजार ३ सय ४८ रहेको छ । राष्ट्रि«य मापदण्ड अनुसार ९५ प्रतिशत जनसंख्या साक्षर भएमा साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको छ । 


तर पर्वतमा भने राष्ट्रिय मापदण्ड भन्दा साक्षरता प्रतिशत उच्च रहेको छ । वडा घोषणा नगरि जिल्ला घोषणा गर्न नमिल्ने भएकाले अझै ४ वटा वडा घोषणा गर्न वाँकी रहेका कारण घोषणा गर्न नसकिएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले वताउनुभयो । उहाँले मोदी गाउँपालिकाका ४ वटा वडालाई विहिवार भोली एकै दिन साक्षर घोषणा गरेपछि जिल्ला घोषणाको वाटो खुल्ला हुने वताउनुभयो । 



सम्बन्धित समाचार (जिल्ला )