Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1239




पर्वतको बालाकोट पुर्ण साक्षर घोषणा
पर्वतको बालाकोट पुर्ण साक्षर घोषणा

पर्वत /पर्वत जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गरिने भएको छ । पर्वत जिल्लाका ६१ वटै वडा दुई हप्ता भित्र पुर्ण साक्षर घोषणा गर्ने तयारी अगाडी बढाइएको हो । जिल्ला शिक्षा कार्यालयले गएको जेठभित्रै साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेपनि सात महिना ढिलो गरि साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।

पर्वतमा रहेका ६१ वडा मध्ये हाल सम्म ५६ वटा वडा पुर्ण साक्षर घोषणा भैसकेका छन । बाँकी रहेका कुस्मा नगरपालिका वडा नं १२ लाई माघ १० गते साक्षर घोषणा गरिने र ११ गते मोदी गाउँपालिकाका ४ वटै वडा एकै दिन घोषणा गर्ने तयारी भएकोे छ । त्यसपछि माघको तेस्रो साता भित्रै जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी थालिएको हो । अहिले सम्म माघ १८ मा घोषणा गर्ने योजना भएपनि मंगलबार बस्ने बैठकले अन्तिम टुंगो लगाउने भएको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बिश्वकर्मा पौडेलले पर्वतलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएकाले जिल्लाका लागि यो महत्वपुर्ण कार्य भएको बताए । ‘बाँकी रहेका वडाहरु घोषणा पछि एउटा महत्वपुर्ण काम सम्पन्न गर्छौ’ उनले भने ‘पर्वत जिल्ला आफैमा शिक्षामा अगाडी भएको जिल्ला हो, घोषणा पछि यसलाई पुष्टि गर्न सहज हुन्छ’

साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सुचक ९५ प्रतिशत भए पुग्ने भएपनि जिल्ला शिक्षा कार्यालयले गरेको मुल्याङकनमा ९६ दशमलव ६३ प्रतिशत प्रगति रहेको देखिएको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका व्याक्तिहरुले पढ्न र लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने, साईनवोर्ड पढ्न सक्ने जस्ता सुचकहरु पुरा भएमा साक्षर घोषणा गर्ने मापदण्ड रहेको छ । । पर्वतमा ७८ हजार २ सय ३७ जना साक्षर रहेका छन । पर्वतमा १५ देखि ६० बर्ष उमेर समुहको जनसंख्या ८० हजार ६ सय ८४ हुन्छ । ९७ प्रतिशत पुग्ने जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए । साक्षर घोषणा गर्न औपचारिक तथा अनौपचारिक शिक्षा चलाइएको थियो । पर्वतले लक्ष्य अनुसार सबै काम सम्पन्न गर्ने तयारीमा रहेकाले साक्षर जिल्ला घोषणा गरिने पौडेलले बताए ।

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )