Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

1033




पर्वतको महाशीलामा विदेशमा रहेका र फर्केका नागरिकको सहयोगका लागि बन्योे हेल्प डेस्क
पर्वतको महाशीलामा विदेशमा रहेका र फर्केका नागरिकको सहयोगका लागि बन्योे हेल्प डेस्क

जेठ १४, पर्वत पर्वतको महाशिला गाउँपालिकामा भारत लगायत तेस्रो मुलुकवाट आउने नागरिकहरुको सहयोगका लागि हेल्प डेस्क गठन गरिएको

भारत लगायत तेस्रो मुलुकमा रहेका गाउँपालिकावासी आम नागरिकहरुलाइ सम्पर्क समन्वय सहयोगको लागी गाउँपालिकाका प्रबक्ता जीवन बिक्रम उचैको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको निर्देशनमा कार्यपालिकाका कर्मचारी प्रशासन अधिकृत लक्ष्मण शर्मा स्वास्थ संयोजक नरबहादुर बराल सदस्य रहेकोे हेल्प डेस्क गठन गरिएको संयोजक एवम् प्रवक्ता उच्चैले जानकारी दिनुभयो

 

उक्त हेल्प डेस्कले बिदेश बाट आउने नागरिकको स्वाब संकलन गरि परिक्षण गरेर मात्रै गाउँपालिकामा ल्याउने ब्यबस्थापन गरेको जसको लागि लक्ष्मण शर्मा नर बहादुर बराल, एम्बुलेन्स चालक प्रकाश हमाल नियमित सम्पर्कमा रहने व्यवस्था गरिएको उच्चैले बताउनुभयो विदेशवाट आएका नागरिकहरु लाई गाउँपालिका सम्म ल्याउने तथा पिसिआर गरिने ब्यबथापन गरिने भएको भने उनिहरुलाई अनिवार्य १४ दिन होम वा सामुदायिक क्वारेन्टाइन राखिने व्यवस्था कडाईका साथ लागु गरिने भएको

 

हाल तत्कालीन परिस्थितिमा विशेष गरि भारत बाट फर्किएका नागरिक हरुलाइ एम्बुलेन्स बाट ल्याउने ब्यबस्थापन गरिएको हेल्प डेस्कले कोहि समस्यामा परेमा वा विदेशमा वा भारतीय सिमा नाकामा अलपत्र परेमा समेत सम्पर्क गर्न आग्रह गरेको जसका लागि प्रवक्ता जीवन विक्रम उच्चै, प्रशासन अधिकृत लक्ष्मण शर्मा स्वास्थ्य संयोजकको मोवाईल नम्वरमा सम्पर्क गर्न आग्रह गरिएको उहाँहरुको सम्पर्क नम्वर क्रमश ९८५७६३४८१६, ९८५७६४४१११ ९८५७६७५२११ मा सम्पर्क गर्न सकिने भएको

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)