पाखापानी पूर्ण साक्षर र पूर्ण खोपयुक्त घोषणा
admin     1 week ago     343
पाखापानी पूर्ण साक्षर र पूर्ण खोपयुक्त घोषणा


रोशन तिवारी

पुष २१ पर्वत -

स्थानीय तहको निर्वाचन अगाडी देखि रोकिँदै आएको पूर्ण साक्षरता र पूर्ण खोपयुक्त घोषणा अभियानले फेरि निरन्तरता पाएको छ । शुक्रवार जिल्लाको महाशिला ४ पाखापानीवाट अभियान शुरु भएको हो । अभियान अन्तर्गत पाखापानीलाई जिल्लाको ५१ औँ पुर्ण साक्षर वडा घोषणा गरीएको छ । वडा भित्र रहेका १५ देखि ६० उमेर समुहका ९७ प्रतिशत नागरीक अक्षर चिन्न, लेख्न र पढ्न सक्ने भएपछि  उक्त वडा लाई एक कार्यक्रमका बिच पुर्ण साक्षर वडा घोषण गरीएको हो । जनप्रतिनिधी, शिक्षाका कर्मचारी, स्वास्थ्यकर्मी,स्थान्ीयवासीहरुको सहभागितामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षा अधिकारी रमेशराज पौडेलले शिक्षाको मुलधारमा सबै समुदायलार्ई समाहित गर्न अव स्थानीय तह सक्रिय हुनुपर्ने वताए । 

उनले विकासीत देशमा शिक्षालाई पहिलो प्राथमिकता दिईने गरेको चर्चा गर्दै नेपालमा पनि स्थानीय सरकारले शिक्षालाई पहिलो प्राथमिकता दिएमा विकासले गति लिने पौडेलले वताए । पर्वत निरक्षर उन्मुलन उन्मुख रहेको उनले वताए । उनका अनुसार अहिले पर्वतमा ९७ प्रतशित साक्षरताको दर पुगेको छ ।  जिल्लालाई माघमा पूर्ण साक्षर जिल्ला घोषणा गर्ने सोचमा रहेको जिल्ला शिक्षा अधिकारी पौडेलले वताए ।  

कुल जनसङ्ख्याको ९५ प्रतिशतले सामान्यरुपमा लेखपढ गर्न सकेमा पूर्ण साक्षर बनाउन पाउने मान्यता अनुरुप पाखापानी लाई साक्षर घोषणा गरिएको छ । सरकारको साक्षरता अभियानमा नै पाँच वर्षमाथिका र ६० वर्षमुनिका नागरिकलाई समावेश गराउने उल्लेख छ । 

कार्यक्रममा महाशिला गाँउपालिका प्रमुख राजु प्रसाद पौडेलले महाशिला गाँउपालिकाका लाईनै पुर्ण साक्षर घोषणा गरी शैक्षिक स्तर सुधार गर्दै लैजाने बताउनुभयो । उहाँले अव पनि पुरानो शैलि र पुरानै पद्धतिको भरमा अध्यन अध्यापन गराउदा देशले शैक्षिक क्षेत्रमा फड्को मार्न नसक्ने भन्दै प्रत्येक विध्यालयमा प्रविधियुक्त शिक्षा तथा अङग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले अबको २ बर्ष भित्रमा समग्र महाशिला गाँउपालिकाका सबै बिधालय लाई नमुना बिधालय बनाउने उद्धघोष गर्दै यस गाँउपालिकामका निरक्षर व्यक्ति लाई साक्षर बनाउने र निरक्षर व्यक्ति खोज्न मुस्कील पर्ने गरी शैक्षिक गतिबिधी लाई अगाडी बढाउने बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष जिवन उच्चै ठकुरी,नेकपा एमाले पुर्व क्षेत्रिय अध्यक्ष भक्तराज सुवेदी शिक्षक राम सुवेदी,समाज सेवी दुर्गा बा.मल्ल लगाएतले बोल्नुभएको थीयो । सोही अवसरमा पाखापानी लाई पुर्ण खोप सुनिश्चत वडा समेत घोषणा पनि गरिएको छ ।