विद्यालयको भवन पुननिर्माण नहुँदा समस्या
    5 months ago     157
विद्यालयको भवन पुननिर्माण नहुँदा समस्या


पुष २१ पर्वत -

पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा रहेको त्रिभुवन आधारभुत विद्यालयको भवन पुन निर्माण नहुँदा पठनपाठनमा समस्या भएको हो । भुकम्पले क्षति पुगेको २ बर्षविते पनि विद्यालय मर्मत तथा पुन ः निर्माण नहुँदा विद्यालयले बहुकक्षा सञ्चालन गदै आएको छ । २०७२ सालमा आएको भुकम्पले विद्यालय भएको भवनमा क्षति पुगेको थियो ।

एउटै कक्षाकोठामा बहुकक्षा सञ्चालन हुँदा हल्ला हुने, आवाज नसुनिने र गर्मीको समयमा पोल्ने भएकाले विद्यालयका पठनपाठन प्रभावित भएको विद्यालयको भनाइ छ । भुकम्पले पाँच वटा कक्षा कोठामा क्षति पु¥याएको छ विद्यालयका प्रधानाध्यापक दिनेश सुवेदीले भने, भवन मर्मतका लागि आवश्यक बजेट नहुँदा बर्षर्नी समस्या बढ्दै गएको छ । जिल्ला शिक्षा कार्यालयवाट हाल दुई कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएपनि कक्षाकोठाको अभाव खड्किरहने सुवेदीको भनाई छ ।

वि.स २०२२ सालमा स्थापना भएको विद्यालयलाई २०६८ सालमा निम्न माध्यमिक तहमा सञ्चालन गरिएको थियो । बर्षनी विद्यार्थीको संख्या बढ्दै गएपनि भवन अभावका कारण विद्यार्थी फिर्ता गर्नुपरेको विद्यालयका अध्यक्ष देवीकुमारी सापकोटाले बताउनु भयो । विद्यालयमा शिक्षक दरवन्दीको समेत समस्या रहेका छ ।

निम्न मा.वि तहमा शिक्षक दरवन्दी नहुँदा निजि श्रोतवाट कक्षा सञ्चालन गर्नुपरेको उहाँको भनाई छ । विद्यालयको समस्यावारे जिल्ला शिक्षा कार्यालय पर्वतमा पटक–पटक जानकारी गराउँदा पनि वेवास्ता गरेको सापकोटाको गुनासो छ ।

सम्बन्धित समाचार (जिल्ला )