पर्वत चिनाउने दुई कृति विमोचन
admin     3 weeks ago     109
पर्वत चिनाउने दुई कृति विमोचन

रोशन तिवारी

पुष १४ पर्वत -

पर्वत जिल्लाका ऐतिहासिक तथा पौराणिक क्षेत्रहरुको अनुसन्धानमुलक दुई वटा कृतीको पर्वतमा आज एक समारोहका वीच विमोचन भएको छ । ऐतिहासिक तथा पैराणिक कालञ्जार हम्पाल र पर्वत जिल्लाका ऐतिहासिक कोटहरु नामक दुईवटा कृतिको विमोचन भएको हो । 

गुप्तेश्वर वहुमुखी क्याम्पस कुश्माका प्राध्यापक हिरालाल रेग्मी र धौलागिरी वहुमुखी क्याम्पस वागलुङका प्राध्यापक सरोजराज पन्तद्धारा लिखित दुई अनुसन्धामुलुक कृतीहरु संयुक्त रुपमा विमोचन गरिएको हो । जिल्ला समन्वय समितिको प्रकाशन सहयोगमा दुवै कृति प्रकाशन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि.विश्वकर्माले आज ति कृतिहरुको समिक्षा गर्नुभएको हो । 

उक्त कार्यक्रममा वोल्दै विश्वकर्माले जिल्लाभर रहेका ऐतिहासिक र पौराणिक क्षेत्रहरुको प्रचार गर्न सके जिल्ला पर्यटनको क्षेत्रवाट धेरै अगाडी वढ्न सक्ने वताउनुभयो । उहाँले दुवै कृति सामाजिक विकासको ऐतिहासिक दस्तावेज वन्ने विश्वास व्यक्त गर्नुभयो । विश्वकर्माले यि कृतिहरुले जिल्लामा रहेका ऐतिहासिक कोटहरुको प्रचारप्रसार संगै विकास, संरक्षण र सम्वर्दनमा सरोकारवाला निकायलाई मार्ग निर्देश हुने वताउनुभएको छ । कृतिहरुमाथी अधिवक्ता हरिनारायण रेग्मी र सह प्राध्यापक विष्णुप्रसाद शर्मा मैत्रेयले समिक्षा गर्नुभएको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य एवं पुस्तक प्रकाशनको औचित्यमाथी प्रकाश अनुसन्धानकर्ता सरोजराज पन्तले गर्नुभएको थियो । जिल्ला समन्वय समितिका अधिकारी विष्णुप्रसाद भुसालको अध्यक्षतामा भएको कृति विमोचन कार्यक्रमको सञ्चालन जिससका सामाजिक विकास अधिकृत लीलाधर सुबेदीले गर्नुभएको थियो । कृति लेखन गर्नुभएका रेग्मी र पन्तले स्थलगत रुपमै ऐतिहासिक स्थलहरुको अवलोकन, अनुसन्धान गरिएको वताउनुभयो । उहाँहरुले कृतिहरुको एक पटक अध्ययन गरेर जिल्लाको पहिचान वारे जानकारी लिन सम्पूर्णलाई आग्रह गर्नुभयो । 


सम्बन्धित समाचार ( ओझेल)