जाडोमा विद्यार्थीलाई न्यानो कपडा वितरण
    8 months ago     113
जाडोमा विद्यार्थीलाई न्यानो कपडा वितरण

मनिषा भुसाल

पुष ९ पर्वत- 

पर्वतको कुश्मास्थित वालमन्दिर प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत ९४ जना विद्यार्थीलार्ई न्यायो कपडा वितरण गरिएको हो ।

यहाँ अधिकाँस श्रमिकका बालबालिका अध्यायनरत छन् । बालबालिका मध्ये ८० प्रतिशत भन्दा बढि विद्यार्थी दलित समुदायका छन् । समाजसेवी तथा शिक्षा विद डाक्टर चुडामणि शर्माको पहलमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुईटर र टोपी वितरण गरिएको हो । शर्मा नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

आईतवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा निर्वतमान साँसद अर्जुनप्रसाद जोशीले विद्यालयमा पुगेर न्यानो कपडा वितरण गर्नुभएको हो । न्यानो कपडा वितरण कार्यक्रममा वोल्दै जोशीले गरिव,दुखी र दलित समुदायका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन यस्ता कार्यक्रमले हौसला थप्ने वताउनुभयो । उहाँले विपन्न वर्गलाई निशुल्क शिक्षा, पोशाक र भत्ताको व्यवस्था हुनुपर्ने वताउनुभयो ।

जोशीले अझै पनि अधिकाँस बालबालिका शिक्षाको मुलधारवाट वाहिर रहेको बताउँदै सबैको पहल र सहयोगमा बालबालिकालाई शिक्षाको परिधीभित्र ल्याउन आफुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।  कार्यक्रममा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी, कुश्मा नगरपालिका–५ का वडा अध्यक्ष चित्रकला शर्मा भारती, कुश्मा नगरपालिकाका शिक्षा शाखाका अधिकृत राजेन्द्रवहादुर क्षेत्री,समाजसेवी मानकुमारी गिरी लगायतले मन्तव्य राख्नु भएको थियो ।


बालमन्दिर प्राथमिक विद्यालयका अध्यक्ष निर्मल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक प्रेम शर्माले गर्नुभएको थियो । न्यानो कपडा वितरणले वालवालिका खुशी भएको प्रधानाध्यापक लोकवहादुर रानाले वताउनुभयो । 

NA