Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 years ago

823




लघुउद्यम विकास कार्यक्रमको अभिमूखिकरण सम्पन्न
लघुउद्यम विकास कार्यक्रमको अभिमूखिकरण सम्पन्न

फागुन २ पर्वत । पर्वत जिल्लामा गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम संचालनका लागी एक दिने अभिमूखिकरण कार्यक्रम संचालन भएको छ । व्यवसाय विकास सेवा प्रदायक संस्थाका मानवीय जनशक्ति कर्मचारीहरुका लागी अभिमूखीकरण कार्यक्रम संचालन भएको हो । पर्वत जिल्लाका ७ वटै स्थानिय तहमा संचालन हुने उक्त कार्यक्रमलाई प्राभावकारी वनाउनका लागी अभिमूखीकरण संचालन गरिएको हो ।

जिल्ला उद्यम विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेलले विगतको प्रकृया भन्दा फरक तरिकाले कार्यक्रम संचालन गर्न निर्देशन दिनू भयो । कार्यक्रमको उद्धेश्य वमोजिमका सफलता प्राप्त गर्न सवै जनशक्तिहरु परिचालन गर्न जेभी दुैवै संस्था चौतर्फी विकास श्रोत मञ्च र ग्रामिण उद्यमशिलता विकास केन्द्र वाग्लुडलाई आग्रह गर्नु भयो । विगतमा भन्दा फरक ढड्गले कार्यक्रम गरि गरिव पछाडी पारिएका वर्गलाई उद्यमी वनाउनका लागी अनूरोध गर्नु भयो । विगतमा भन्दा नितान्त फरक ढंगले कार्यक्रम संचालन गरि पर्वतको आर्थिक समृद्धिमा योगदान पु-याउनका लागी अनूरोध गर्नु भयो ।


कार्यक्रममा लघुउद्यम विकास कार्यक्रम क्षेत्रिय कार्यालय पोखराका जिल्ला कार्यक्रम सल्लाहकार करुणा पूलामी मगरले यस वर्ष संचानल गर्ने कायृक्रमको वारेमा विस्तृत जानकारी दिदै कार्यक्रमको उद्धेश्य पूरा गर्न व्यवसायिक सेवा प्रदायक संस्थालाई आग्रह गर्नुभयो ।
घरेलू तथा साना उद्योग विकास समितिका कार्यालय प्रमूख विस्नू न्यौपानेले कार्यक्रमलाई कूनै कसर वांकी नराखी लागू गर्न आग्रह गर्दै घरेलू तथा साना उद्योग विकास समिति पर्वत तत्पर रहेको धारणा राखनू भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका कार्यक्रम अधिकृत तथा उद्यम विकास फोकल प्रर्सन तुलसीराम शर्मा, पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष केदारनाथ शर्मा, घरेलू तथा साना उद्योग महासंघका अध्यक्ष गोपी अधिकारी, डिमेघा पर्वतका प्रतिनिधि गोविन्द पौडेल,सिडीआरएफका अध्यक्ष कालिका प्रसाद शर्मा,कार्यकारी प्रमूख गणेश वहादूर क्षेत्री,ग्रामिण उद्यमशिलता विकास केन्द्र वाग्लुडका सचिव अनिता तिवारी लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता जिल्ला उद्यम विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले गर्नुभएको थियो । कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमूख विस्नू न्यौपानेले गर्नु भएको थियो ।

यसवर्ष उक्त कार्यक्रमल १ सय ७० जना नयाँ उद्यमी सृजना गर्ने गरि कार्यक्रमले लक्ष्य लिएको छ भने ३ सय ४९ जना भैरहेका उद्यमीहरुलाई स्तोरन्नती गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रमले जम्मा ५ सय १९ जनालाई सेवा प्रदान गर्नेछ । लघु उद्यम विकास कार्यक्रम र ग्रामीण उद्यमशिलता विकास केन्द्र वागलुङ तथा चौतर्फी विकास श्रोत मञ्चको साझेदारीमा घरेलु तथा साना उद्योग विकास समिति पर्वतको आर्थिक सहयोग मार्फत उद्यमी उत्पादन गर्ने गरि सम्झौता भएको हो । सम्झौता अनुसारको काम शुरु भैसकेको छ ।

सम्बन्धित समाचार (जिल्ला )