एनआईसी एसिया बैँकद्धारा स्वास्थ्य सेवा प्रदान
    1 month ago     513
एनआईसी एसिया बैँकद्धारा स्वास्थ्य सेवा प्रदान

रोशन तिवारी चैत्र ४ पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका ६ गिज्यानमा एनआईसी एशिया बैँक नयाँपुल शाखाले निशुल्क स्वास्थ्यसेवा प्रदान गरेको छ । बैँकले शनिबार एकदिने स्वास्थ्य शिविरको आयोजना गरेर सेवा दिएको हो । शिबिरमा २ सय ५३ जनाले सुबिधा लिएको नयाँपुल शाखाका निमित्त प्रमुख टंकनाथ लामिछानेले जानकारी दिए । 

सपोर्ट नेटवर्क फाउण्डेशन नेपाल, कुश्मा अस्पताल प्रा लि. तथा स्थानिय अनमोल युवा कलव संगको सहकार्यमा उक्त शिवीर सम्पन्न गरिएको हो । बैँकले सामाजिक उत्तरदायीत्व सेवा अन्तर्गत स्वास्थ्य सेवा शिविर आयोजना गरेको लामिछानेले बताए । 

शिविरमा डा.हेमा छन्त्याल,डा. पाशाङ्ग छिरिङ्गलामा, दाँत रोग प्राविधिक महेश राज क्षेत्री तथा ल्याव  टेक्नीसीयन चोकी थापा मगरले सेवा प्रदान गरेका थिए । उपचारको क्रममा धेरै महिलामा पाठेघर तथा उक्त रक्तचापको समस्या देखीएको डा. हेमा छन्त्यालले वताईन ।

वैक नाफामात्र भन्दापनि सामाजिक उत्तरदायित्व वहन गर्ने कुरामा सँधै तत्पर रहेको बँैकका क्षेत्रिय प्रवन्धक दिपेन्द्र शर्माले बताए । बँैकले मुलुकभर १८५ शाखा,  १८३ एटिएम सञ्जाल,४ एक्सटेन्सन काउन्टर, ३ शाखा रहित वैंिकङ्ग तथा पाँच हजार भन्दा वढि रेमीट्यान्स पेआउट एजेन्टहरु मार्फत जनतालाई सेवा गर्दै आएको शर्माको भनाई छ ।


सम्बन्धित समाचार (जिल्ला )